"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालद्धारा इन्डोनेसियाविरूद्ध ऐतिहासिक लक्ष्य प्रस्तुत

प्रकाशित मिति :  29 June, 2025 12:33 pm


काठमाडौँ – एसीसी मेन्स यू १६ इस्ट जोन कप २०२५ को आफ्नो तेस्रो खेलमा नेपालले इन्डोनेसियाविरूद्ध ४२१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेको इन्डोनेसियाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ४२० रन बनाएको हो।

नेपालका लागि ओपनिङ ब्याटर प्रसिद्ध जैशीले शतक प्रहार गरे। उनले १३२ रनको योगदान गरे। ११४ बल खेलेका प्रसिद्धले १५ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर परिमार्जन यादवले ७१ रन बनाए। उनले २८ बलमा ४ चौका र ८ छक्का प्रहार गरेका थिए। प्रसिद्ध र परिमार्जनबीच पहिलो विकेटका लागि १० ओभरमा १३० रनको साझेदारी भएको थियो।

शिवान्स बजगाइँ ४ रनमा आउट भएका थिए। त्यसपछि रौनक श्रीवास्तवले पनि उत्कृष्ट ब्याटिङ गरे। रौनकले ७१ बलमा ८ चौका र २ छक्काको मद्दतमा ८८ रन बनाए।

जय थापाले ४१ बलमा ५७ रन बनाए। यस्तै सुगम बुढाथोकीले नटआउट ३९ रन र रोशन शाहीले नटआउट १० रन जोडे।

यसअघि नेपालले समूहमा जापान र सिंगापुरलाई पराजित गर्दै लगातार दुई जित निकालेको थियो। आज जित निकाले नेपाल एक खेलअघि नै सेमिफाइनल पुग्नेछ। नेपालले अन्तिम खेलमा असार १७ गते भुटानसँग खेल्नेछ।‍ प्रतियोगिताको सेमिफाइनल असार १९ र फाइनल असार २१ मा हुनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको