"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वडा अध्यक्षमा तुल्सी कार्की (कुशल) को उम्मेदवारी

प्रकाशित मिति :  १८ बैशाख २०७९, आईतवार १०:२५


तुल्सी कार्की (कुशल) सानै उमेरमा राजनैतिक मैदानमा होमिएका कार्की कुशाग्र बुद्दिका धनी मानिन्छन् । सामान्य परिवारमा जन्म भएतापनी उनी सानै देखि सामाजिक कार्यमा सकृय मानिन्छन।

मध्यम वर्गिय परिवारमा हुर्किएका कार्की तिक्ष्ण बुद्दिका मानिन्छ।उनी कक्षा २ देखि १० कक्षासम्म सदै नै प्रथम भैरहन्थे,उनी कहिल्यै दोस्रो भएनन् ।भनिन्छ,उनलाइ किताब पल्टाएर हेर्ने फुर्सद थिएन,पढ्ने साटो सामाजिक कार्यमा मन लगाउथेँ तथापि शैक्षिक नतिजा भने सबैभन्दा उत्कृष्ट निस्कन्थ्यो।

१३ वर्षको उमेर मै बाल क्लबको नेतृत्व गर्दै सामाजिक कार्यमा आफुलाई निखार्न सफल कार्की चर्चित बालअभियन्ता समेत भएर बालविवाह , बालबिभेद बिरुद्द खरो रुपमा उतृएका थिए।शालिन र भद्र स्वाभावका देखिने कार्की इनर्जेटिक र डाइनामिक देखिन्छन्।

सानै उमेरदेखी समाज रुपान्तरणको अभियानमा लागेका कार्की स्पष्ट वक्ता समेत हुन् ।कुनै समय भ्रष्टाचार बिरुद्दको अभियानमा समेत सडकमा उत्रिएर सत्य ,न्याय र इमानको पक्षमा आवाज बुलन्द गर्ने साहसी कार्की किसान, मजदुर, युवा र विद्यार्थी सबैको लोकप्रिय मानिन्छन् । विद्यार्थी राजनितिमा सक्रिय कार्की जसपा पौवादुङमा गापा कमिटी अध्यक्ष एवम् समाजवादी बिद्यार्थी युनियन प्रदेश उपाध्यक्ष समेत हुन् ।

एमाले र जसपाको गठबन्धन बनेपछी सर्वसम्मत रुपमा नै कार्कीको नाम अघि सारिएको र वडाध्यक्षको संयुक्त उम्मेदवार बनाई अगाडि बढिएको हो।क्षमता र योग्यता भएको लोकप्रिय युवालाई टिकट दिएपछी सर्वत्र चर्चा चुलिएको थियो । खास गरि युवा र बिद्यार्थीहरुमा एक ढंगको खुसीयाली र हर्ष नै छाएको थियो।

समृद्द वडा निर्माण गर्नका लागि यस्ता छन उहाँका मुलभुत योजनाहरु_-

१-भ्रष्टाचार मुक्त प्रशासन र पारदर्शी एवम् न्यायोचित योजना बाँडफाड गरिने
२-पौवादुङमा च्याङ्रे बजार आसपास सार्वजनिक शौचालय,प्रतिक्षालय,वधशाला र वडास्तरिय सामुदायिक भवन निर्माण गरिने
३-१०,११,१२ कक्षा पढ्ने बिद्यार्थीलाई निशुल्क कोचिङरट्युसन कक्षा एवम् होस्टेल व्यवस्थापन

४-किसानलाई समय मै मल,बिउबिजन,बिषादी उपलब्ध साथै किसानलाई अनुदान,प्रोत्साहन भत्ता एवम सम्मान
५-बृद्दाभत्ता घरमै पुर्याउने व्यवस्था गर्ने,गरिव तथा बिपन्नलाई निशुल्क एम्बुलेन्स सेवा दिइने
६-एक घर एक उत्पादनमा जोड नगदेबालीमा व्यापकता
७-वडाभरीका सडक विस्तार,स्तोरोन्नती ,ग्राभेल तथा मर्मत

८-योग, ध्यान, आत्माजागरण,आयुर्वेद तथा प्राकृतिक चिकित्सक कक्षाहरु सन्चालन गरिने साथै सबै बिद्यार्थीहरुलाई निशुल्क स्वास्थ्य परिक्षण गराउने
९-वडा भित्रका सरकारी बिद्यालयमा ईन्टरनेट जडान गर्ने,गुणस्तरीय ,व्यवहारिक एवम् बैज्ञानिक शिक्षामा जोड दिने, घोकन्ते तथा रटन्ते शिक्षा नभै व्यवहारिक सिर्जनात्मक शिक्षामा जोड दिने

१०-बालविवाह,बालहिंसा,महिला हिंसा,छुवाछुत,कुरीतिलगायत सबैखाले बिभेदको अन्त्य गर्ने साथै १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई धुम्रपान, मध्यपानको बिक्रि बितरण गर्न पुर्ण रुपमा रोक लगाउने
११-स्वरोजगारमुखी उद्यमशील मानसिकता सम्बन्धि तालिम दिने

१२-वडा भरीका सरकारी बिद्यालय अनुगमन , निगरानी तथा शिक्षक,विद्यार्थी,अभिभावक र जनप्रतिनिधि सहित प्रगति विवरण सार्वजनिक गर्ने र उत्कृष्ट बिद्यालयहरु निर्माण गर्ने
१३-युवा तथा खेलकुदलाई प्राथमिकतामा जोड दिइने साथै खेलकुद एकेडेमीयाको स्थापना गरिने



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी

काठमाडौँ । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ । यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो

काठमाडौँ- सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ। सङ्घीय