"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसियन कप छनोट : लाओसविरुद्ध नेपालको ९ गोल

प्रकाशित मिति :  30 June, 2025 12:05 pm


काठमाडौँ- एएफसी महिला एसियन कप छनोटमा आइतबार नेपालले लाओसलाई ९–० ले पराजित गरेको छ। कप्तानी सम्हालेकी सावित्रा भण्डारी ‘साम्बा’ले एक्लैले चार गोल गरेकी थिइन्।

साम्बाबाहेक अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी र रश्मीकुमार घिसिङले समान एक–एक गोल गरे। एक गोल भने नेपालले उपहार पाएको थियो।

नेपालका लागि यो १०० औँ खेल हो। उज्वेकिस्तानमा भइरहेको  समूह चरणको पहिलो खेल लाओससँग खेलेको नेपालले दोस्रो खेल बुधबार श्रीलंका तथा अन्तिम खेलमा शनिबार घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

समूहबाट शीर्ष टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा सहभागिताको मौका पाउनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार