"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एसियन कप छनोट : लाओसविरुद्ध नेपालको ९ गोल

प्रकाशित मिति :  30 June, 2025 12:05 pm


काठमाडौँ- एएफसी महिला एसियन कप छनोटमा आइतबार नेपालले लाओसलाई ९–० ले पराजित गरेको छ। कप्तानी सम्हालेकी सावित्रा भण्डारी ‘साम्बा’ले एक्लैले चार गोल गरेकी थिइन्।

साम्बाबाहेक अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी र रश्मीकुमार घिसिङले समान एक–एक गोल गरे। एक गोल भने नेपालले उपहार पाएको थियो।

नेपालका लागि यो १०० औँ खेल हो। उज्वेकिस्तानमा भइरहेको  समूह चरणको पहिलो खेल लाओससँग खेलेको नेपालले दोस्रो खेल बुधबार श्रीलंका तथा अन्तिम खेलमा शनिबार घरेलु टोली उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

समूहबाट शीर्ष टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसिया कपमा सहभागिताको मौका पाउनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको