"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ग्रेलिस्टबाट निस्कन सुनचाँदीमा विलासिता कर : अर्थमन्त्री पौडेल

प्रकाशित मिति :  2 July, 2025 7:49 pm


काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टाक्सफोर्स–एफएटिएफ) को खैरोसूची (ग्रेलिस्ट) मा रहेको र मुलुकलाई त्यस सूचीबाट हटाउन सुनचाँदीलगायतका गरगहनामा विलासिता कर लगाइएको बताएका छन्।

विनियोजन विधेयक, २०८२ माथि राष्ट्रियसभामा उठेका प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री पौडेलले नेपाललाई ‘ग्रेलिस्ट’ बाट निकाल्न सुनचाँदी तथा गरगहना खरिदबिक्रीको कारोबारलाई पारदर्शी बनाउन आवश्यक रहेको बताएका हुन्। आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सबै प्रकारका गरगहना र सुनचाँदी खरिदमा विलासिता कर लगाउने निर्णय गरेको थियो।

‘पहिले पनि १० लाखभन्दा माथिको कारोबारमा दुई प्रतिशत विलासिता कर लाग्दै आएको थियो। अहिले त्यसमा लगाइएको सीमा (थ्रेसहोल्ड) हटाइएको मात्र हो’,अर्थमन्त्री पौडेलले भने,‘हामी सम्पत्ति शुद्धीकरण मामिलामा एफएटिएफको सघन निगरानी सूचीबाट बाहिर निस्कनका लागि सुनको कारोबार पारदर्शी बनाउन आवश्यक थियो। सुनलगायतका वस्तुको कारोबारमा शुद्धता होस् र सम्पत्ति शुद्धीकरणको रकम त्यहाँ लगानी नहोस् भनेर विसासिता शुल्क लगाइएको हो।’

विलासिता करका विषयमा सुनचाँदी व्यवसायीहरूले विरोध जनाइरहेकोमा उनीहरूसँग छलफल भइरहेको र चाँडै सार्थक निष्कर्ष निस्कने विश्वास पनि उनले व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय