"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पेनाल्टी सुटआउटमा पराजित हुँदा नेपालको एसियन कप खेल्ने सपना अधुरै

प्रकाशित मिति :  6 July, 2025 9:54 am


काठमाडौँ- उज्बेकिस्तानसँग पेनाल्टी सुटमा हार व्यहोर्दा नेपाली महिला टोलीको एएफसी एसियन कप पुग्ने सपना चकनाचुर भएको छ। झन्डै ३ दशकपछि एसियन कप खेल्ने सपना उज्बेकिस्तानसँग पराजित हुँदा पूरा नहुने भएको हो।

शनिबार राति निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटमा धकेलिएको थियो। जहाँ उज्बेकिस्तान हाबी हुँदै ४-२ को नतिजा हात पर्‍यो। नेपालका सावित्रा भण्डारी ‘साम्बा’ र अन्जना राना मगर पेनाल्टीमा चुक्दा नतिजा उज्बेकिस्तानको पोल्टामा गयो।

नेपालका लागि गीता राना र सविता रानामगरको प्रहार गोलमा परिणत भएको थियो। अब एसियन कपसँगै विश्वकपको ढाको पनि नेपालको बन्द भएको छ। एसियन कपमा पुगेका १२ मध्येबाट छ टोलीले विश्वकप खेल्ने गर्दछन्। फिफा महिला विश्वकप २०२७ मा भाग लिन समेत नेपाल असफलत बन्यो।  नेपालका तर्फबाट भण्डारीले नै ह्याट्रिक गर्दै खेल बराबरीमा पुगेको थियो।

खेलको ७१ औँ मिनेटमा कप्तान सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–२ को अवस्थामा ल्याइन्। त्यसको दुई मिनेटमा नै साम्बाले ह्याट्रिक पूरा गर्दा नेपाल ३–३ को स्थितिमा आएको थियो।

त्यसअघि खेलको दोस्रो मिनेटमा नै १–० ले अग्रता बनाएको उज्बेकिस्तानले ११औँ मिनेटमा अग्रता दोब्बर पारेको थियो। उज्बेकिस्तानले नेपालको आत्मघाती गोलमा अग्रता दोब्बर पारेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार