"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पेनाल्टी सुटआउटमा पराजित हुँदा नेपालको एसियन कप खेल्ने सपना अधुरै

प्रकाशित मिति :  6 July, 2025 9:54 am


काठमाडौँ- उज्बेकिस्तानसँग पेनाल्टी सुटमा हार व्यहोर्दा नेपाली महिला टोलीको एएफसी एसियन कप पुग्ने सपना चकनाचुर भएको छ। झन्डै ३ दशकपछि एसियन कप खेल्ने सपना उज्बेकिस्तानसँग पराजित हुँदा पूरा नहुने भएको हो।

शनिबार राति निर्धारित ९० मिनेटको खेल ३–३ को बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटमा धकेलिएको थियो। जहाँ उज्बेकिस्तान हाबी हुँदै ४-२ को नतिजा हात पर्‍यो। नेपालका सावित्रा भण्डारी ‘साम्बा’ र अन्जना राना मगर पेनाल्टीमा चुक्दा नतिजा उज्बेकिस्तानको पोल्टामा गयो।

नेपालका लागि गीता राना र सविता रानामगरको प्रहार गोलमा परिणत भएको थियो। अब एसियन कपसँगै विश्वकपको ढाको पनि नेपालको बन्द भएको छ। एसियन कपमा पुगेका १२ मध्येबाट छ टोलीले विश्वकप खेल्ने गर्दछन्। फिफा महिला विश्वकप २०२७ मा भाग लिन समेत नेपाल असफलत बन्यो।  नेपालका तर्फबाट भण्डारीले नै ह्याट्रिक गर्दै खेल बराबरीमा पुगेको थियो।

खेलको ७१ औँ मिनेटमा कप्तान सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–२ को अवस्थामा ल्याइन्। त्यसको दुई मिनेटमा नै साम्बाले ह्याट्रिक पूरा गर्दा नेपाल ३–३ को स्थितिमा आएको थियो।

त्यसअघि खेलको दोस्रो मिनेटमा नै १–० ले अग्रता बनाएको उज्बेकिस्तानले ११औँ मिनेटमा अग्रता दोब्बर पारेको थियो। उज्बेकिस्तानले नेपालको आत्मघाती गोलमा अग्रता दोब्बर पारेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको