"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विशेष अदालतले पायो आईएसओबाट गुणस्तर प्रमाणपत्र

प्रकाशित मिति :  10 July, 2025 8:49 am


काठमाडौँ — विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड संगठन (आईएसओ)बाट गुणस्तर प्रमाणपत्र पाएको छ । न्याय प्रणालीमा जवाफदेहता, दीगोपन तथा मुद्दा फैसला/न्यायिक निरुपणमा गरेको सफलता स्वरुप विशेष अदालतले बुधबार आईएसओ प्रमाणपत्र पाएको हो ।

यो प्रमाणपत्रको अवधि आउँदो तीन वर्षसम्म कायम रहने छ । त्यसपछि पनि न्यायिक निरुपण र सुधारमा काम गर्न सके यसले निरन्तरता पाउने छ ।

बुधबार नेपाल गुणस्तर तथा नापतौल विभागले अदालतलाई यो प्रमाणपत्र दिएको हो । उक्त प्रमाणपत्र पाएसँगै न्यायिक सुधार र दीगोपनाका साथ काम गर्न भएका प्रयास सफल भएको विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरले बताए । साथै कुँवरले यसले जनतामा न्यायिक निरुपणमा भएका प्रयासप्रति विश्वास पनि बढाउने बताए ।

पछिल्ला वर्ष अदालतमा दायर मुद्दाको फैसलादर अध्यक्षमा कुँवर आएपछि बढेको छ ।

The special court got the quality certificate from ISO



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार