विशेष अदालतले पायो आईएसओबाट गुणस्तर प्रमाणपत्र
काठमाडौँ — विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड संगठन (आईएसओ)बाट गुणस्तर प्रमाणपत्र पाएको छ । न्याय प्रणालीमा जवाफदेहता, दीगोपन तथा मुद्दा फैसला/न्यायिक निरुपणमा गरेको सफलता स्वरुप विशेष अदालतले बुधबार आईएसओ प्रमाणपत्र पाएको हो ।
यो प्रमाणपत्रको अवधि आउँदो तीन वर्षसम्म कायम रहने छ । त्यसपछि पनि न्यायिक निरुपण र सुधारमा काम गर्न सके यसले निरन्तरता पाउने छ ।
बुधबार नेपाल गुणस्तर तथा नापतौल विभागले अदालतलाई यो प्रमाणपत्र दिएको हो । उक्त प्रमाणपत्र पाएसँगै न्यायिक सुधार र दीगोपनाका साथ काम गर्न भएका प्रयास सफल भएको विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवरले बताए । साथै कुँवरले यसले जनतामा न्यायिक निरुपणमा भएका प्रयासप्रति विश्वास पनि बढाउने बताए ।
पछिल्ला वर्ष अदालतमा दायर मुद्दाको फैसलादर अध्यक्षमा कुँवर आएपछि बढेको छ ।












