"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमान्डु गोर्खाजको प्रशिक्षकमा मोन्टी देसाई

प्रकाशित मिति :  11 July, 2025 10:57 am


काठमाडौँ — काठमान्डु गोर्खाजले आउँदो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि मोन्टी देसाईलाई आफ्नो प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले बिहीबार समाजिक सञ्जालमार्फत मोन्टीको प्रशिक्षक नियुक्ति सार्वजनिक गरेको हो । 

मोन्टी २०२३ को फेब्रुअरीदेखि २ वर्ष नेपालको प्रशिक्षक रहेका थिए । यही क्रममा नेपालले विश्वकप लिग-२ का १२ खेलमा ११ खेल जित्दै सिधै २०२३ को एकदिवसीय विश्वकप छनोटमा पुगेको थियो । मोन्टीकै प्रशिक्षणमा नेपालले पहिलो पटक एसिया कप खेलेको थियो भने १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो ।

मोन्टीको साथमा उपाधि काठमाडौंमै राख्ने लक्ष्य बनाएको गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरी बताउँछन् । ‘गुरु पूर्णिमाको दिन काठमान्डु गोर्खाजले गुरु पाएको छ, गोर्खाजले काठमाडौं भ्यालीको प्रतिनिधित्व गर्दछ, जुन आस्थाको केन्द्र हो,’ धेरै सोच विचार गरेर मोन्टीलाई लिएको ठकुरी जनाउँछन् ।

‘नेपाली खेलाडीलाई बुझ्ने, नेपाली माइन्ड सेट बुझेको, खाली खुट्टाले कीर्तिपुर मैदानमा हिँडेर त्यहाँको माटोलाई बुझेको र समर्थकको भावनालाई सम्बोधन गर्ने व्यक्ति हुन् मोन्टी,’ प्रमुख कार्यकारी अधिकृत ठकुरीले भने, ‘नेपाली क्रिकेटलाई उनले सपना देखाइरहेको थिए । त्यही भएर मोन्टीबाट हामीले केहि पाउन सक्छौं भनेर उनलाई लिएका हौं ।’

फेब्रुअरीमा मात्र काठमाडौं छाडेर गएका मोन्टी ९ महिनापछि नेपाल फर्किने भएका हुन् । ‘नेपाल सँधैं घर जस्तो महसुस भएको छ, यहाँका मानिसहरु, उनीहरुको भावना र उनीहरूको क्रिकेटले मलाई धेरै तरिकाले मलाई लय दिएको छ,’ मोन्टीले गोर्खाजको विज्ञप्तिमा भनेका छन्, ‘एनपीएल सिजन का लागि काठमाडौं गोर्खाजसँग फर्कनु केवल एउटा अवसरमात्र होइन, यो एउटा यात्राको निरन्तरता हो, जुन म गहिरो रूपमा कदर गर्छु ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार