"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

टी २० विश्वकप एसिया छनोट : ३२ खेलाडी प्रशिक्षणमा

प्रकाशित मिति :  14 July, 2025 12:41 pm


काठमाडौँ- टी २० विश्वकप एसिया छनोटका लागि ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाइएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार आदिल सहित ३२ क्रिकेटरलाई प्रशिक्षणमा बोलाएको छ। आदिलले करिब ३ वर्ष पछि राष्ट्रिय टोलीको प्रारम्भिक टोलीमा अटाएका हुन्।

आदिल केही वर्ष अघि नेपाल टी २० लिगमा फिक्सिङको आरोपमा प्रतिबन्ध परेका थिए। आरोप प्रमाणित नभएपछि प्रतिबन्ध मुक्त भएका आदिल त्यसयता पहिलो पटक प्रारम्भिक टोलीमा परेका हुन्।

नेपाली मालिगंको नाममा परिचित अभिनाश बोहोराले भने ३२ सदस्यीय टोलीमा स्थान बनाउँन सकेनन्। नेपालले अक्टोबरमा ओमानमा विश्वकपको एसिया तथा पूर्वी एसिया प्यासेफिक छनोट खेल्दैछ। त्यसअघि अस्ट्रेलिया भ्रमण गर्ने नेपालले वेस्ट इन्डिजसँग ३ खेलको टी २० आई सिरिज पनि खेल्नेछ।

छनोटमा ९ राष्ट्रको सहभागीता रहने छ । सहभागी राष्ट्रलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष २ देशले सुपर सिक्समा स्थान बनाउने छन्। सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन्।

प्रारम्भिक नेपाली टोली

रोहित पौडेल, कुशल भुर्तेल, अनिल शाह, आसिफ शेख, भीम शार्की, लोकेश बम, कुशल मल्ल, आरिफ शेख, सन्दीप जोरा, बिबेक यादव, गुलशन झा, सन्दीप लामिछाने, नन्दन यादव, करण केसी, सोमपाल कामी, रिजन ढकाल, प्रतिश जीसी, ललित नारायण राजवंशी, कमल सिंह ऐरी, शाहब आलम, सागर ढकाल, आकाश चन्द, दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह, अर्जुन घर्ती, युवराज खत्री, किरण ठगुन्ना, आदिल आलम, पवन सर्राफ, शेर मल्ल, सुभ कंसाकर, बसीर अहमद



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ जुन ११ देखि सुरु भई जुलाई १९ सम्म सञ्चालन हुँदैछ। यस पटक ४८

काठमाडौँ-  नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ। जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई

काठमाडौँ-  रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)ले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि उचालेको छ। आइतबार राति भएको फाइनलमा गुजरात

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार