"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विशेष अदालतको तथ्यांक : अख्तियारलाई दुई तिहाइ मुद्दामा सफलता

प्रकाशित मिति :  16 July, 2025 9:33 pm


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष दुई तिहाइ मुद्दामा सफलता पाएको छ । विशेष अदालतले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा फैसला भएकामध्ये दुई तिहाइ मुद्दामा अख्तियारको दाबी कुनै न कुनै रूपमा ठहर भएको छ ।

विशेष अदालतका उपरजिष्ट्रार कृष्णशरण लामिछानेले गत साउनदेखि असार मसान्तसम्म १३० वटा मुद्दा फैसला भएकोमा ८७ वटा मुद्दामा अख्तियारले गरेको दाबी ठहर भएको बताए । ४२ वटा मुद्दामा भने सबै आरोपितहरूले सफाइ पाए । अख्तियारले यो वर्ष मुद्दाको संख्याका आधारमा पाएको सफलता करिब ६६ दशमलब ९२ प्रतिशत हो । अख्तियारको सफलताको ठूलो हिस्सा भने घुस र नक्कली प्रमाणपत्रका मुद्दाले ओगटेको छ ।

रंगेहात घुसका ३४ वटा मुद्दा फैसला भएकोमा २८ वटामा आरोपितहरू दोषी ठहर भएका छन् । त्यस्तै ३३ जना विरुद्ध नक्कली प्रमाणपत्रको आरोपमा मुद्दा चलेकोमा २८ जना दोषी ठहर भएका छन् । ४ वटा सम्पत्ति शुद्धीकरणका मुद्दा भने अख्तिायरसँग सम्बन्धित छैनन् ।

रंगेहात घुस र प्रमाणपत्र बाहेक अरू मुद्दामा भने अख्तियारको सफलता आधाजस्तो मात्रै छ । निर्णयगत अनियमिततामा ५६ वटा मुद्दा फैसला भएकोमा २७ वटा मुद्दामा आरोपितहरू दोषी ठहर भएका छन्, २९ मुद्दामा सबै आरोपितहरूले सफाइ पाएका छन् । यो वर्ष फैसला भएका दुई वटा गैरकानुनी सम्पत्तिका मुद्दामा सबै आरोपितहरूले सफाइ पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी