"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विशेष अदालतको तथ्यांक : अख्तियारलाई दुई तिहाइ मुद्दामा सफलता

प्रकाशित मिति :  16 July, 2025 9:33 pm


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष दुई तिहाइ मुद्दामा सफलता पाएको छ । विशेष अदालतले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा फैसला भएकामध्ये दुई तिहाइ मुद्दामा अख्तियारको दाबी कुनै न कुनै रूपमा ठहर भएको छ ।

विशेष अदालतका उपरजिष्ट्रार कृष्णशरण लामिछानेले गत साउनदेखि असार मसान्तसम्म १३० वटा मुद्दा फैसला भएकोमा ८७ वटा मुद्दामा अख्तियारले गरेको दाबी ठहर भएको बताए । ४२ वटा मुद्दामा भने सबै आरोपितहरूले सफाइ पाए । अख्तियारले यो वर्ष मुद्दाको संख्याका आधारमा पाएको सफलता करिब ६६ दशमलब ९२ प्रतिशत हो । अख्तियारको सफलताको ठूलो हिस्सा भने घुस र नक्कली प्रमाणपत्रका मुद्दाले ओगटेको छ ।

रंगेहात घुसका ३४ वटा मुद्दा फैसला भएकोमा २८ वटामा आरोपितहरू दोषी ठहर भएका छन् । त्यस्तै ३३ जना विरुद्ध नक्कली प्रमाणपत्रको आरोपमा मुद्दा चलेकोमा २८ जना दोषी ठहर भएका छन् । ४ वटा सम्पत्ति शुद्धीकरणका मुद्दा भने अख्तिायरसँग सम्बन्धित छैनन् ।

रंगेहात घुस र प्रमाणपत्र बाहेक अरू मुद्दामा भने अख्तियारको सफलता आधाजस्तो मात्रै छ । निर्णयगत अनियमिततामा ५६ वटा मुद्दा फैसला भएकोमा २७ वटा मुद्दामा आरोपितहरू दोषी ठहर भएका छन्, २९ मुद्दामा सबै आरोपितहरूले सफाइ पाएका छन् । यो वर्ष फैसला भएका दुई वटा गैरकानुनी सम्पत्तिका मुद्दामा सबै आरोपितहरूले सफाइ पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो।

काठमाडौं – स्थानीय तहका जनप्रतिनिधिहरूले करारका कर्मचारी कटौती गर्दा सेवा प्रवाहमा असर परेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्

काठमाडौं – आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं – सरकारले स्टार्टअप व्यवसायका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार एक सूचना जारी