"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

किताबखानाका शाखा अधिकृत प्रसाईं भ्रष्टाचार मुद्दामा दोषी ठहर

प्रकाशित मिति :  16 July, 2025 9:36 pm


काठमाडौं – विशेष अदालतले ताहाचलस्थित शिक्षक किताबखानाका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई ३ लाख रुपैयाँ घुस लिएको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । घुस उठाउन सहयोगी भूमिका खेलेका क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने पनि दोषी ठहर भएका छन् ।

विशेष अदालतका सदस्यहरु तेजनारयाण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरु दुबैजनालाई ६/६ महिना कैद सजाय फैसला गरेको हो । अब दुबैजनाले डेढ/डेढ लाख रुपैयाँ जरिबाना बुझाउनुपर्नेछ । उनीहरुले घुस लिएको रकम समेत जफत हुने फैसला भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

विशेष अदालतले दुबैजनाबाट ६/६ हजार रुपैयाँका दरले अपराध पीडित संरक्षण कोषमा क्षतिपूर्ति भराउनुपर्ने आदेश पनि गरेको छ ।

एक शिक्षकको पेन्सनपट्टा बनाउने क्रममा शाखा अधिकृत प्रसाईंले क्यान्टिन सञ्चालक न्यौपानेलाई प्रयोग गरेर ३ लाख रुपैयाँ घुस लिएका थिए । विशेष अदालतले धनेश्वरले घुस लिएको ठहर गर्दै न्यौपानेलाई पनि उनले घुस लिने काममा प्रयोग गरेको निष्कर्ष निकालेको छ ।

त्यो घटनामा घुस माग्न सहजीकरण गरेको आरोप खेपेकी कार्यालय सहयोगी भवानी अधिकारीलाई भने विशेष अदालतले सफाई दिएको छ । कार्यालय सहयोगी कर्मचारीले पेन्सनपट्टा बनाउने काममा कुनै हैसियत नराख्ने भन्दै विशेष अदालतले ‘उनको ओहोदासँग सम्बन्धित काम नभएको’ भन्ने आधारमा सफाई दिएको हो ।

आफूसँग शाखा अधिकृत प्रसाईंले घुस मागेको भनी शिक्षक भोजराज भट्टराईले अख्तियारमा उजुरी दिएका थिए । तर विशेष अदालतमा बकपत्र गर्दा उनले शाखा अधिकृत प्रसाईंले घुस मागेको बताए पनि कार्यालय सहयोगी अधिकारीको कुनै भूमिका नभएको भनी जिकिर गरेका थिए ।

अदालतमा गएर बयान फेरेको भन्दै अख्तियारले घुस दिएको आरोपमा शिक्षक भट्टराईमाथि पनि भ्रष्टाचारमुद्दा चलाएको थियो । विशेष अदालतले उनलाई पनि सफाई दिएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार