"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वरिष्ठ वन अधिकृत यादव ७ लाख ३१ हजार घूससहित नियन्त्रणमा

प्रकाशित मिति :  21 July, 2025 9:36 pm


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्ला डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई ७ लाख ३१ हजार घूस रकमसहित नियन्त्रणमा लिएको छ ।

प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार चुरे गाउँपालिका वडा नम्बर–६ कैलालीस्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठ व्यवस्थापन गर्ने क्रममा सेवाग्राहीसँग घूस डिल गरेको भेटिएपछि अख्तियारको टोलीले निगरानी गरेको थियो । त्यसपछि सोमबार बेलुका यादवले सोही घूस प्रस्ताव बुझेलगत्तै कञ्चनपुरबाट खटिएको आयोगको टोलीले घूस रकमसहित उनलाई नियन्त्रणमा लिएको हो ।

यादवलाई काठमाडौं ल्याएर थप अनुसन्धान गरिने आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध