"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वरिष्ठ वन अधिकृत यादव ७ लाख ३१ हजार घूससहित नियन्त्रणमा

प्रकाशित मिति :  21 July, 2025 9:36 pm


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्ला डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई ७ लाख ३१ हजार घूस रकमसहित नियन्त्रणमा लिएको छ ।

प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार चुरे गाउँपालिका वडा नम्बर–६ कैलालीस्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठ व्यवस्थापन गर्ने क्रममा सेवाग्राहीसँग घूस डिल गरेको भेटिएपछि अख्तियारको टोलीले निगरानी गरेको थियो । त्यसपछि सोमबार बेलुका यादवले सोही घूस प्रस्ताव बुझेलगत्तै कञ्चनपुरबाट खटिएको आयोगको टोलीले घूस रकमसहित उनलाई नियन्त्रणमा लिएको हो ।

यादवलाई काठमाडौं ल्याएर थप अनुसन्धान गरिने आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुँदैछ। निर्वाचन आयोगको आइतबार बसेको

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं