"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता

प्रकाशित मिति :  21 July, 2025 10:14 pm


काठमाडौँ — साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको छ। आयोजक बंगलादेशसँग सोमबार भएको निर्णायक खेलमा ४-० गोलले पराजित भएसँगै नेपाल उपविजेतामै सीमित बनेको हो।

नेपालका लागि उपाधि जित्न आजको खेल महत्वपूर्ण थियो। जितले मात्र उपाधि जित्ने नेपालले खेलमा सुरुवातदेखि नै दबाबमा परेको थियो। सुरुवातमै गोल खाएपछि खेलमा फर्कने कोशिस गरे पनि नेपालले अन्त्यसम्ममा चार गोल खादा उपाधि बिमुख बन्यो। 

नेपाल र बंगलादेशसहित भुटान र श्रीलंकाबीच डबल राउन्ड रोबिनको आधारमा भएको प्रतियोगितामा नेपालले आयोजक टोलीविरूद्ध फिक्का सावित बन्यो। 

नेपालले श्रीलंका र भुटानविरूद्धका दुवै खेलमा  जित निकाले पनि बंगलदेशविरूद्धका दुवै खेलमा पराजय भोग्यो। पहिलो खेलमा बंगलादेशविरूद्ध ३-२ ले पराजित भएको नेपालले सोमबार भने चार गोल खायो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता बनेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा

काठमाडौं – लुम्बिनी लायन्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भेट पक्का गरेको छ। दोस्रो

काठमाडौँ — लुम्बिनी लायन्सले सानदार बलिङ गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गरेको छ

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो सिजन नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट