"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचारदेखि शिक्षा विधेयकसम्म सांसदहरूद्धारा सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  23 July, 2025 3:44 pm


काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचार, जलस्रोतको संकट, कृषिको समस्या, शिक्षा विधेयक र सवारी दुर्घटनाजस्ता विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचारको समस्या उठाउँदै कर्मचारीतन्त्रमा मात्र होइन विवादमा परेका एक दर्जन मन्त्रीहरूमाथि पनि छानबिन आवश्यक रहेको बताए। ‘भ्रष्टाचार कहाँ–कहाँ छ भन्ने होइन, कहाँ छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ,’ उनले भने।

भ्रष्टाचार अन्त्यका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न उनले माग गरे। उनले केही कर्मचारीलाई कारबाही गरेर मात्रै भ्रष्टाचार अन्त्य नहुने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद बिन्दावासिनी कंसाकारले बारा, पर्सा, महोत्तरीलगायत मधेशका जिल्लामा चापाकल सुकेर रोपाइँ प्रभावित भएको र मानिसहरू पिउने पानीको अभावमा घर छोड्न बाध्य भएको बताइन्। यस्तो संकटका बेला मन्त्रीहरू विदेश भ्रमणमा व्यस्त भएको भन्दै उनले घुस प्रकरणमा मुछिएका मन्त्रीहरूमाथि छानबिन गर्न माग गरिन्।

सांसद ज्वालाकुमारी साहले देश र जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन साना–ठूला सबै राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइन्।

सांसद प्रभु साहले किसानका लागि मलखाद, सिँचाइ र विद्युत् आपूर्तिको माग राखे। सांसद अमनलाल मोदीले ‘शिक्षा विधेयक कहाँ हरायो?’ भन्दै विधेयक प्रक्रियाबारे प्रश्न उठाए।

यसैगरी, सांसद नारायणी शर्माले भेरी करिडोर निर्माणमा खटिएको टिपर दुर्घटनामा परी बेपत्ता भएका तीन जनाको खोजी कार्यलाई तीव्र पार्न सरकारको ध्यानाकर्षण गराइन्। उक्त दुर्घटना आठबिसकोट नगरपालिका-१४, पिलिलचौरमा भएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा