"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  4 May, 2022 5:25 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

छायानाथ रारा–२ मा पर्ने पक्की बाटोको सिँढी निर्माण गर्ने भन्दै रकम विनियोजन गरी हिनामिना गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित पाँचजनाविरुद्ध विशेष अदातलमा मुद्दा दायर गरिएको हो ।

उनीहरूले २९ लाख ७७ हजार ८२१ रुपैयाँ भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ । सबइन्जिनियर हस्तबहादुर मल्ल र इन्जिनियर महेश सिंह कठायतले फिल्डमा कम काम भएकामा बढी काम भएको देखाई झुटो नापजाँच बुझाउने काम गरेको अख्तियारको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा

काठमाडौँ — पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक