"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  4 May, 2022 5:25 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

छायानाथ रारा–२ मा पर्ने पक्की बाटोको सिँढी निर्माण गर्ने भन्दै रकम विनियोजन गरी हिनामिना गरेको आरोपमा प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित पाँचजनाविरुद्ध विशेष अदातलमा मुद्दा दायर गरिएको हो ।

उनीहरूले २९ लाख ७७ हजार ८२१ रुपैयाँ भ्रष्टाचार गरेको आरोपपत्रमा उल्लेख छ । सबइन्जिनियर हस्तबहादुर मल्ल र इन्जिनियर महेश सिंह कठायतले फिल्डमा कम काम भएकामा बढी काम भएको देखाई झुटो नापजाँच बुझाउने काम गरेको अख्तियारको आरोप छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले