"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अख्तियारले लियो भूमि व्यवस्था मन्त्रालयका पूर्व सचिव अर्जुनप्रसाद पोखरेलसँग बयान

प्रकाशित मिति :  30 July, 2025 9:39 pm


काठमाडौँ — कास्कीको पोखरा बाटुलेचौरस्थित ‘लिची बगान’ को १ सय ३४ रोपनी जग्गा हत्याउने घटनामाथी अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिव्यवस्था मन्त्रालयका पूर्व सचिव अर्जुनप्रसाद पोखरेलसँग बयान लिएको छ ।

घुस काण्डमा मुछिएका तत्कालीन संघीय मामिला मन्त्री राजकुमार गुप्ता, पूर्व भूमिव्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी र जग्गा हत्याउने योजनका मुख्य बिचौलिया सुजन लामासँग बयान लिएको अख्तियारले यस प्रकरणमा पूर्व सचिव पोखरेलसँग मंगलबार बयान लिएको हो ।

पोखरेलले जग्गा हत्याउने खेलका संलग्न गिरोहबाट ५ लाख घुस लिएको अडियो सार्बजनिक भईसकेको छ भने गुप्ता मन्त्री भएको बेला भूमि समस्या समाधान आयोग कास्कीमा एमाले जिल्ला नेता खेमबहादुर पुनलाई अध्यक्ष बनाउन रकम लेनदनमा संलग्न भएको तथ्यसहितको अडियो बाहिरिएको थियो ।

गुप्ताले पुनलाई अध्यक्ष बनाउने प्रपञ्च फत्ते गराउन गिरोहका सुजन लामा र पूर्वमन्त्री एवं नाउपा अध्यक्ष श्रेष्ठले मन्त्री गुप्तासँग मन्त्री क्वाटरमै बसेर घुस डिल गरेका थिए । यही प्रकरणमा मुछिएपछि गुप्ताले मन्त्रीपदबाट राजीनामा दिएका थिए ।

यस प्रकरणमा हालका भूमिव्यवस्था मन्त्री बलराम अधिकारीले पनि गिरोहबाट ३२ लाख घुस बुझेको दावी गरिएको अडियो बाहिरिएपनि अधिकारी भने अझैसम्म पदमै छन् । लिचि बगानको जग्गा हत्याउने योजना र घुस प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै १० असार २०८२ मै अख्तियारमा उजुरी परेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै

काठमाडौँ- यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ। भक्तजनलाई स्नान गर्न र

काठमाडौँ — जिल्ला प्रशासन कार्यालयले त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विमानस्थल