"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल र चीनबीचको सम्बन्ध जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको छ : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  1 August, 2025 10:26 pm


काठमाडौँ, १६ साउन प्रधानमन्त्री ओली-सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको विशेष अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर सौजन्य : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय/रासस

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामिप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताएका छन्।

नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको विशेष अवसरमा आज (शुक्रबार) आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले  बितेका दशकमा, नेपाल–चीन सम्बन्ध आपसी विश्वासमा आधारित हुँदै अझ सुदृढ र गहिरो बनेको उल्लेख गर्दै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू आपसी  सम्बन्धको आधार रहेको स्पष्ट गरे।

‘नेपालले एक चीन नीतिलाई दृढ समर्थन गर्दछ। चीनले पनि सधैँ नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको छ। चीन हाम्रो नजिकको छिमेकी मात्र होइन, विश्वासनीय विकास साझेदार पनि हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी यस दीर्घकालीन, समयले परीक्षित मित्रतालाई अत्यन्तै महत्व दिन्छौँ। यस यात्रामा थुप्रै ऐतिहासिक मोडहरू आएका छन्। सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण ऐतिहासिक रह्यो। यसले हाम्रो सम्बन्धलाई विकास र समृद्धिका लागि साझा लक्ष्यसहितको दीर्घकालीन मित्रता र आपसी विश्वासमा आधारित रणनीतिक सहकार्यको साझेदारीको तहमा उकासेको छ।’

प्रधानमन्त्री ओलीले सन् २०२४ को डिसेम्बरमा आफूले गरेको चीनको औपचारिक भ्रमण स्मरण गर्दै चीनका उच्चस्तरीय नेताहरूसँग भएका संवादहरू अत्यन्तै फलदायी भएको बताए। उनले आपसी सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धताको पुनःपुष्टि भई बेल्ट एण्ड रोड सहकार्यको ढाँचामा भएको हस्ताक्षरले हाम्रो साझा सङ्कल्पलाई मजबुत बनाएको जनाए।

चीनले पूर्वाधार र कनेक्टिभिटीमा गरेको सहयोगले नेपाललाई भौगोलिक सीमाहरू पार गर्न मद्दत पुर्‍याएको तथा कृषि, व्यापार, पारवहन, ऊर्जा, स्वास्थ्य, डिजिटल प्रविधि र जलवायु प्रवलीकरण जस्ता क्षेत्रमा हाम्रो सहकार्य निरन्तर फैलिँदो रहेको प्रधानमन्त्री ओलीले बताए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् । प्रतिनिधिसभाबाट पारित भई आएको वैकल्पिक विकास वित्त परिचालन विधेयक-२०८३

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ।  प्रतिनिधि सभाको बैठक बिहिबार बिहान

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले २००७ सालयता भएका आन्दोलन र बलिदानीहरूको स्मरण गरेका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा उनले २००७,