"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय हो : प्रधानमन्त्री ओली

प्रकाशित मिति :  5 August, 2025 9:13 pm


आवाजा (तुर्कमेनिस्तान)/ रासस  प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि ‘कनेक्टिभिटी’ नै न्याय भएको बताएका छन्।

तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तारमार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवर्द्धन’ विषयक ‘साइड इभेन्ट’मा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताए।

‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ—सम्पर्क सञ्जाल खोल्नु उनीहरुको कर्तव्य हो,’ उनले भने, ‘यो अनुग्रह होइन। अवरोधलाई नवप्रवर्तनमा बदलौँ, यसलाई साझा समृद्धिको इञ्जिन बनाऔँ भन्ने आह्वान हो।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन् । प्रतिनिधिसभाबाट पारित भई आएको वैकल्पिक विकास वित्त परिचालन विधेयक-२०८३

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ।  प्रतिनिधि सभाको बैठक बिहिबार बिहान

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले २००७ सालयता भएका आन्दोलन र बलिदानीहरूको स्मरण गरेका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा उनले २००७,