"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

छुदेन काविमोको ‘उरमाल’लाई मदन पुरस्कार, जगदम्बा श्री प्रेमदेव गिरीलाई दिने निर्णय

प्रकाशित मिति :  22 August, 2025 9:40 pm


काठमाडौँ — छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबारको बैठकले ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ र लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याएकामा प्रेमदेव गिरीलाई जगदम्बा-श्री पुरस्कार दिने निर्णय गरेको हो । 

गुठीले यस वर्षको मदन पुरस्कारका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको थियो । सूचीमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ परेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको अन्तिम सूची सार्वजनिक गरेको छ। गुठीले प्राप्त २९८ पुस्तकमध्येबाट छनोट

काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ बन्ने भएको छ। उक्त फिल्ममा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई