"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

छुदेन काविमोको ‘उरमाल’लाई मदन पुरस्कार, जगदम्बा श्री प्रेमदेव गिरीलाई दिने निर्णय

प्रकाशित मिति :  22 August, 2025 9:40 pm


काठमाडौँ — छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ प्रदान गरिने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबारको बैठकले ‘उरमाल’लाई मदन पुरस्कार-२०८१ र लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याएकामा प्रेमदेव गिरीलाई जगदम्बा-श्री पुरस्कार दिने निर्णय गरेको हो । 

गुठीले यस वर्षको मदन पुरस्कारका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको थियो । सूचीमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ परेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — ११ वर्षीय बाल कथाकार नीतिक आचार्यको बाल कथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक भएको छ । उनको यो पहिलो एकल

काठमाडौं – अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

काठमाडौँ- काव्यकार डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ लोकार्पण गरिएको छ। शिखा बुक्सद्वारा आज (शुक्रबार) यहाँ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री