"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कर्णालीका स्याउ बेच्न काठमाडौंमा महोत्सव

प्रकाशित मिति :  2 September, 2025 5:49 pm


काठमाडौँ — कर्णालीका उच्च पहाडी तथा हिमाली जिल्लामा फल्ने स्याउलाई ब्रान्डिङ गरी सहज रुपमा राजधानीका उपभोक्तालाई स्वाद चखाउन पहिलोपटक काठमाडौंमा स्याउ महोत्सव हुन लागेको छ । 

यही भदौ २० गतेदेखि २२ गतेसम्म तीन दिनसम्म काठमाडौंको शंखमूलस्थित कला घरमा दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म स्याउन महोत्सव आयोजना हुने कला घरले जनाएको छ ।

कला घरको आयोजना र कर्णाली घरको सहआयोजनामा कर्णालीमा फल्ने स्याउ र स्याउबाट उत्पादित वस्तुहरुको प्रदर्शनी हुने भएको हो । महोत्सवमा कर्णालीमा उत्पादन हुने डेलिसियस, रोयल, गोल्डेन, गाला र फुजी लगायत दर्जन बढी प्रकारका स्याउहरु प्रदर्शनीमा राखिने छन् ।

यस्तै स्याउबाट बनेका सुकाएको चाना, साइडर, सिरका, ब्रान्डी लगायतका परिकार पनि प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ । स्याउ प्रदर्शनीमात्र नभइ उक्त महोत्सवमा गएर उपभोक्ताले आवश्यकताअनुसार स्याउ खरिद गरी लैजान पनि गर्न सक्नेछन् ।

कर्णालीको स्याउ स्वादका दृष्टिले यसअघि नै परिचित भए पनि यसको बजारमा खपत बढाउनका लागि पहिलोपटक औपचारिक रुपमै महोत्सवको आयोजना गर्न लागिएको हो । यस्तै कर्णालीको मौलिक संस्कृति पनि महोत्सवको मुख्य आकर्षण हुनेछ । कार्यक्रममा धामी नाच, हुड्के नाच, मागल लगायतका प्रस्तुतिहरू राखिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको राष्ट्रिय सतर्कता केन्द्रले देशमा सुशासन कायम गर्न र सेवा प्रवाहमा सुधार ल्याउन अनुगमनलाई तीव्र बनाएको

काठमाडौं – दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । राजस्व

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाएर अघि बढ्ने बताएका छन्। मंगलबार मन्त्रालयमा २०

काठमाडौँ – नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान