"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सडक यातायात सहज बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण

प्रकाशित मिति :  3 September, 2025 5:54 pm


काठमाडौँ- सांसदहरूले चाडपर्व निजिकिएसँगै यातायत सहज रूपमा सञ्चालन गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्। दसैँतिहारमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूको चापको मध्यनजर गर्दै सिटभन्दा बढी यात्रु राख्ने, तोकिएको भाडाभन्दा बढी असुल्ने लगायतका गतिविधि बढ्ने भएकाले कडा निगरानी गर्न माग सांसदहरूले गरेका हुन्।

संघीय संसद् प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद शोभा ज्ञवालीले चाडपर्व निजिकिएसँगै यात्रुहरूलाई सहज रूपमा यात्राको व्यवस्था मिलाउन ध्यानकार्षण गराइन्। उनले बस व्यवसायीहरूले तोकिएको भाडाभन्दा बढी असुल्ने, यात्रुहरूलाई धम्की दिनेजस्ता सास्ती यात्रुहरुले भोग्नुपरेको बताइन्।

सांसद शान्ति चौधरीले दसैँमा घर फर्किनका लागि अग्रिम टिकट बुकिङमा पनि यात्रुहरु ठगिनुपरेको भन्दै महँगो भाडा लिने, सिटभन्दा बढी यात्रु राख्ने गरिएको बताइन्। उनले बर्सातको बेलामा बाटो बिग्रेकाले यथाशीघ्र निर्माण कार्यमा ध्यान दिनुपर्ने बताइन्।

सांसद सीता गुरुङले नजिकिँदो चाडपर्वमा दैनिक उपभोग्य खाद्यवस्तु र लत्ताकपडामा कृत्रिम अभाव सिर्जना गराउने सम्भावना भएकाले अनुगमन गर्न प्रभावकारी टिम बनाउन माग गरिन्। उनले बिग्रेका बाटाको निर्माणमा प्राथमिकता दिन, चाडपर्वका बेला सडक र हवाई यातायातमा सहज टिकटको व्यवस्था र मनपरि भाडा असुल्नेलाई कडा अनुगमन गर्न माग गरिन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौं – प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलका सांसदहरूले अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान ११

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्