"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल प्रहरीमा १५९४ जनालाई रोजगारीको अवसर [सूचना सहित]

प्रकाशित मिति :  26 September, 2025 8:42 am


काठमाडौँ – नेपाली प्रहरीमा भर्ना खुलेको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै झन्डै १६ सय प्रहरी नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको हो।

१५५३ जना प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५९४ जना भर्ना गर्न दरखास्त आह्वान गरेको हो।

प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न जानेको हुनुपर्ने योग्यता तोकिएको छ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले  असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सक्नेछन्।

जवान, हजाम र कुचीकारका लागि सातै वटा प्रदेशका प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरमा दरखास्त फाराम बुझाउन सकिनेछ। खेलाडीको हकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौंमा बुझाउनुपर्नेछ।

दरखास्त शुल्क जनपदतर्फ तीन सय रूपैयाँ र एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि ६० रूपैयाँ थप दस्तुर लाग्नेछ।खेलाडीका हकमा दस्तुरबापत २०० रूपैयाँ र समूह थप गर्दा प्रत्येक समूहका लागि थप ४० रूपैयाँ शुल्क लाग्नेछ।

यस्तो छ सूचनाः 
police-1758850275.jpg



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार