"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महिला टी–२० शृंखला : नेपालसँग मलेसिया पराजित

प्रकाशित मिति :  7 October, 2025 10:56 pm


काठमाडौँ – नेपालले अन्तर्राष्ट्रिय महिला टी–२० शृंखलाको चौथो खेलमा घरेलु टोली मलेसियालाई पराजित गरेको छ। मंगलबार बायोमास क्रिकेट ओभलमा भएको खेलमा नेपालले मलेसियाविरूद्ध ६ विकेटको जित दर्ज गरेको हो।

मलेसियाले प्रस्तुत गरेको ११२ रनको लक्ष्य नेपालले १७.३ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि कप्तान इन्दु बर्माले ४८, रुविना क्षेत्रीले अविजित २३, कविता कुँवरले १६ र सम्झना खड्काले ११ रन बनाए। मलेसियाका लागि आइना हमिजा हसिम, नुर डानिया स्याहुदा, माहिरा इजजती इस्माइलले एक–एक विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १११ रनको योगफल तयार पारेको थियो। मलेसियाका लागि मास एलिसाले अविजित ५६ रन बनाइन्। यसैगरी इज्जतीले १८ र नुर डानिया स्यहुदाले १५ रन बनाए।

नेपालका लागि कविता कुँवरले तीन तथा पुजा महतो र कविता जोशीले एक–एक विकेट लिए। शृंखलाको पाँचौँ तथा निर्णायक खेल बुधबार हुनेछ। नेपालको यो जितसँगै पाँच खेलको शृंखला २–२ को बराबरीमा आएको छ। यसअघि मलेसियाले तीन र १३ रन तथा नेपालले ६ विकेटको जित निकालेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपालले मलेसियामा जारी २०२६ एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ। बिहीबार भएको खेलमा नेपालले इन्डोनेसियालाई चार

काठमाडौं – एसियन गेम्स छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।  बुधबार मलेसियामा भएको खेलमा नेपालले चीनमाथि १९ रनको जित निकालेको

काठमाडौँ-  विश्वकप क्रिकेट लिग २ मा अमेरिकाविरूद्धको खेलमा नेपाल १२२ रनले विजयी भएको छ। शुक्रबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। योसँगै नेपालले