"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको पछिल्लो परिवर्तन अनुसार काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  8 October, 2025 8:16 pm


काठमाडौं –  प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछि नेपालमा भएको परिवर्तनका बारेमा सम्बन्धीत मुलुकमा जानकारी गराउन विदेशस्थित सबै नियोग प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयबाट बिभिन्न देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्दै प्रधानमन्त्री कार्कीले नेपालमा भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुक र सरोकारवालाहरूलाई जानकारी गराउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले निर्वाचनको मिति तय भएको अवस्थामा विदेशी सरकार, संस्थाको सहयोग आवश्यक पर्ने भएकाले समन्वय गर्न पनि निर्देशन दिएकी छिन् । जेनजी आन्दोलनका कारण सुस्ताएको पर्यटन लगायतका क्षेत्रको अवस्था पुरानै अवस्थामा आएकाले यसको प्रचारप्रसार गर्न पनि आग्रह गर्नुभएको प्रवक्ता क्षेत्रीले बताए ।

त्यस्तै विदेशमा रहेका नेपालीहरूलाई चुस्त, दुरुस्त र प्रभावकारी रुपमा सेवा प्रवाह गर्न पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिएको उनले बताए । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाको पूननिर्माण गर्नका लागि पूननिर्माण कोष स्थापना गरिएको अवस्थामा यस बिषयमा पनि आवश्यक प्रचार प्रसार गर्न प्रधानमन्त्रीले आग्रह गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — संसद स्थगित गरेको सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गरेको छ। प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा

काठमाडौं – सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष

काठमाडौँ– सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक स्थानमा बनाइएका बस्ती खाली गर्न लागिएको विरूद्ध दायर रिट निवेदनमा कारण देखाऊ

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।