"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको पछिल्लो परिवर्तन अनुसार काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति :  8 October, 2025 8:16 pm


काठमाडौं –  प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछि नेपालमा भएको परिवर्तनका बारेमा सम्बन्धीत मुलुकमा जानकारी गराउन विदेशस्थित सबै नियोग प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयबाट बिभिन्न देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्दै प्रधानमन्त्री कार्कीले नेपालमा भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुक र सरोकारवालाहरूलाई जानकारी गराउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए ।

त्यसैगरी प्रधानमन्त्री कार्कीले निर्वाचनको मिति तय भएको अवस्थामा विदेशी सरकार, संस्थाको सहयोग आवश्यक पर्ने भएकाले समन्वय गर्न पनि निर्देशन दिएकी छिन् । जेनजी आन्दोलनका कारण सुस्ताएको पर्यटन लगायतका क्षेत्रको अवस्था पुरानै अवस्थामा आएकाले यसको प्रचारप्रसार गर्न पनि आग्रह गर्नुभएको प्रवक्ता क्षेत्रीले बताए ।

त्यस्तै विदेशमा रहेका नेपालीहरूलाई चुस्त, दुरुस्त र प्रभावकारी रुपमा सेवा प्रवाह गर्न पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिएको उनले बताए । जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाको पूननिर्माण गर्नका लागि पूननिर्माण कोष स्थापना गरिएको अवस्थामा यस बिषयमा पनि आवश्यक प्रचार प्रसार गर्न प्रधानमन्त्रीले आग्रह गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् । बुधबार आयोजित सुशासन र

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका