"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्री र अमेरिकी राजदूतविच समसामयिक विषयमा छलफल

प्रकाशित मिति :  29 October, 2025 3:25 pm


काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्सनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन्। बुधबार गृह मन्त्रालयमा भएको भेटमा शान्तिसुरक्षा, एमसिसीको कार्यान्वायनदेखि शरणार्थीको विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। 

भेटमा राजदूत थम्सनले एमसिसी परियोजना कार्यालयका लागि कतिपय स्थान जग्गा अधिग्रहणका लागि समस्या भइसकेको समस्या सुनाएका थिए। जवाफमा मन्त्री अर्यालले यससम्बन्धी समस्या तत्कालै समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएका छन्। 

भेटमा गृहमन्त्रीले देशको शान्तिसुरक्षाको अवस्था दिनप्रतिदिन सुध्रँदै गएको बताए। सुरक्षा निकाय र आमनागरिकबिचको विश्वासले शान्तिसुरक्षाको अवस्था सामान्य हुँदै गएको उनको भनाइ थियो। सुरक्षाको अवस्थामा छिट्टै सुधार्न सफल भएकोमा अमेरिकी राजदूतले गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रशंसा गरेका छन्। 

भेटमा राजदूत थम्सनले नेपालमा रहेका विदेशी शरणार्थीको विषयमा चासो राखेको र मन्त्री अर्यालले शरणार्थीको मानव अधिकारको विषयलाई नेपालले सम्मान गर्ने बताएका छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुरक्षित पुनःस्थापना सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा उनी पार्टीको महिलातर्फको

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा