"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृहमन्त्री र अमेरिकी राजदूतविच समसामयिक विषयमा छलफल

प्रकाशित मिति :  29 October, 2025 3:25 pm


काठमाडौँ – नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्सनले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन्। बुधबार गृह मन्त्रालयमा भएको भेटमा शान्तिसुरक्षा, एमसिसीको कार्यान्वायनदेखि शरणार्थीको विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। 

भेटमा राजदूत थम्सनले एमसिसी परियोजना कार्यालयका लागि कतिपय स्थान जग्गा अधिग्रहणका लागि समस्या भइसकेको समस्या सुनाएका थिए। जवाफमा मन्त्री अर्यालले यससम्बन्धी समस्या तत्कालै समाधानका लागि आफूले पहल गर्ने आश्वासन दिएका छन्। 

भेटमा गृहमन्त्रीले देशको शान्तिसुरक्षाको अवस्था दिनप्रतिदिन सुध्रँदै गएको बताए। सुरक्षा निकाय र आमनागरिकबिचको विश्वासले शान्तिसुरक्षाको अवस्था सामान्य हुँदै गएको उनको भनाइ थियो। सुरक्षाको अवस्थामा छिट्टै सुधार्न सफल भएकोमा अमेरिकी राजदूतले गृह मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रशंसा गरेका छन्। 

भेटमा राजदूत थम्सनले नेपालमा रहेका विदेशी शरणार्थीको विषयमा चासो राखेको र मन्त्री अर्यालले शरणार्थीको मानव अधिकारको विषयलाई नेपालले सम्मान गर्ने बताएका छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय