"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा इन्जिनियरमाथि मुद्दा दायर

प्रकाशित मिति :  10 December, 2025 6:26 pm


काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकाका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलले नक्कली शैक्षिक प्रमाण पेश गरेर सरकारी सेवाको लाभ लिएको अभियोगमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरीका आधारमा मण्डलको शैक्षिक प्रमाणपत्र जाँच गर्दा नक्कली पुष्टि गर्दै बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति पटनाबाट माध्यामिक तहको परीक्षामा प्रथम श्रेणीमा उर्तिर्ण गरेको तथा मडैया बलुवा उच्च विद्यालयको विद्यायल परित्याग गरेको नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेश गरी जिल्ला विकास समिति सुनसरीबाट २०५३ साल साउन १ गते सहायक सव–ओभरसियर पदमा नियुक्ति पाएका थिए ।

सोही शैक्षिक प्रमाणका आधारमा मण्डलले ०६७ साल माघ ७ गतदेखि सहायक इन्जिनियर पदमा बढुवा भएर तलब भत्तासहितको ओहोदा, लाभ र सरकारी सेवा सुविधा लिएर भ्रष्टाचार गरको अख्तियारको ठहर छ ।

मण्डलविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम र साविकको भ्रष्टाचार निवारण ऐन, २०१७ बमोजिम कैद र जरिबाना सजायको मागदाबी राखेर बुधबार विशेषमा आरोप पत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार