"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मन्त्रिपरिषद् विस्तार : नवनियुक्त परराष्ट्रमन्त्री शर्माले लिए शपथ

प्रकाशित मिति :  26 December, 2025 4:16 pm


काठमाडौँ- नेपाली सेनाका पूर्वरथी (जर्नेल) बालानन्द शर्मा परराष्ट्रमन्त्री भएका छन्। नवनियुक्त परराष्ट्रमन्त्री शर्मालाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मीसँगै संवैधानिक अंगका प्रमुख र उच्चपदस्थ कर्मचारीको सहभागिता थियो।

शर्मा नेपाली सेनाको रथीबाट सेवानिवृत्त भएपछि सेना समायोजन विशेष समिति सचिवालयको संयोजक भएका थिए। दस वर्षसम्म सशस्त्र द्वन्द्व सञ्चालन गरेको माओवादी शान्तिप्रक्रियामा आएपछि विद्रोही लडाकुलाई नेपाली सेनामा समायोजन गरिएको थियो। शर्माले समायोजनको खाका बनाउने, सेना र माओवादी लडाकुलाई पनि चित्त बुझ्नेगरी काम अघि बढाएका थिए।

त्यति बेला निर्णय राजनीतिक तहमा भए पनि शर्माकै बढी भूमिका थियो। शर्माकै अगुवाइमा पहिलो चरणमा प्रमाणीकरणमा समेटिएका करिब ३० हजार माओवादी लडाकुलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पारिएको थियो।

यसैगरी कोभिड महामारीका बेला शर्मा कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) प्रमुखमा नियुक्त भएका थिए।

शर्मा मन्त्री नियुक्त भएपछि सुशीला कार्की नेतृत्वको सरकार १५ सदस्यीय बनेको छ। शर्मा मन्त्री नियुक्त भएपछि सुशीला कार्की नेतृत्वको सरकार १५ सदस्यीय बनेको छ।

यसमध्ये सुशीला कार्कीसँग प्रधानमन्त्रीसहित रक्षा मन्त्रालय छ। रामेश्वरप्रसाद खनाल अर्थ र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छन्। कुलमान घिसिङसँग ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय छ।

ओमप्रकाश अर्याल गृहमन्त्री छन् भने अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन्।

महावीर पुनसँग शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छ। मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकासमन्त्री छन्। सरकारका प्रवक्तासमेत रहेका जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्री हुन् भने सुधा गौतम स्वास्थ्य तथा जनसंख्यामन्त्री हुन्।
बब्लु गुप्‍ता युवा तथा खेलकुद, कुमार इङ्नाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा राजेन्द्रसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा र खानेपानी मन्त्री छन्।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिविज्ञ याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग समसामयिक राजनीतिक विषयमा छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज ११ बजेदेखि

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले तराई/मधेसका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित तनावपूर्ण घटनाक्रमका विषयमा शुक्रबार पूर्वराष्ट्रपति रामवरण यादवसँग करिब एक

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायतका जिल्लाहरूमा उत्पन्न पछिल्लो संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ