"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आर्थिक विकासको सम्भावनामा सबैले जवाफदेही भएर काम गर्न अर्थमन्त्रीको आग्रह

प्रकाशित मिति :  21 May, 2022 6:26 pm


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरोकारवाला सबै पक्षले जवाफदेही भएर काम गरे मुलुकको आर्थिक विकास तीव्रगतिमा हुने बताएका छन् । संसदमा जारी बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएका योजना समयमा नै कार्यान्वयन गरेर जवाफदेही भए आर्थिक वृद्धि तीव्रगतिमा अगाडि बढ्ने सम्भावना रहेको धारणा राखेका हुन् ।

‘सबै जवाफदेही भयौँ भने नेपालको आर्थिक वृद्धि तीव्रगतिमा अगाडि बढ्ने सम्भावना छ । हाम्रो कुल ग्राहस्थ उत्पादन, पुँजी निर्माण पनि अझ तीव्रगतिमा अगाडि बढ्ने सम्भावना छ,’ उनले भने ।
मन्त्री शर्माले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा विविध समस्या देखिए तापनि व्यवसाय, पेसा, उद्योगधन्दा खोल्ने व्यवसायीहरूको सक्रियता बढेको बताए । उनले नयाँ उद्योगमा लगानी गर्ने चाहना बढ्दा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा २६ हजारभन्दा बढी नयाँ कम्पनी दर्ता भएको जानकारी दिए । धेरै समस्याका बाबजुत अघिल्लो आर्थिक वर्षमा २५ हजार ३ सय कम्पनीहरू दर्ता भएका तर चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा २६ हजार ७ सय ५० कम्पनीहरू दर्ता भएको उनले बताए ।

अर्थमन्त्री शर्माले आन्तरिकसँगै बाह्य मुख्य तीन कारणले मुलुकको आर्थिक स्थितिमा समस्या आएको बताए । उनले कोभिड–१९ को प्रभाव, बेमौसमी वर्षा र पछिल्लो समय रुस र युक्रेनबीचको बढ्दो द्वन्द्वको प्रभाव नेपालमा समेत पर्दा अर्थतन्त्रमा समस्या आएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा