"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आर्थिक विकासको सम्भावनामा सबैले जवाफदेही भएर काम गर्न अर्थमन्त्रीको आग्रह

प्रकाशित मिति :  21 May, 2022 6:26 pm


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सरोकारवाला सबै पक्षले जवाफदेही भएर काम गरे मुलुकको आर्थिक विकास तीव्रगतिमा हुने बताएका छन् । संसदमा जारी बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएका योजना समयमा नै कार्यान्वयन गरेर जवाफदेही भए आर्थिक वृद्धि तीव्रगतिमा अगाडि बढ्ने सम्भावना रहेको धारणा राखेका हुन् ।

‘सबै जवाफदेही भयौँ भने नेपालको आर्थिक वृद्धि तीव्रगतिमा अगाडि बढ्ने सम्भावना छ । हाम्रो कुल ग्राहस्थ उत्पादन, पुँजी निर्माण पनि अझ तीव्रगतिमा अगाडि बढ्ने सम्भावना छ,’ उनले भने ।
मन्त्री शर्माले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा विविध समस्या देखिए तापनि व्यवसाय, पेसा, उद्योगधन्दा खोल्ने व्यवसायीहरूको सक्रियता बढेको बताए । उनले नयाँ उद्योगमा लगानी गर्ने चाहना बढ्दा चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा २६ हजारभन्दा बढी नयाँ कम्पनी दर्ता भएको जानकारी दिए । धेरै समस्याका बाबजुत अघिल्लो आर्थिक वर्षमा २५ हजार ३ सय कम्पनीहरू दर्ता भएका तर चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा २६ हजार ७ सय ५० कम्पनीहरू दर्ता भएको उनले बताए ।

अर्थमन्त्री शर्माले आन्तरिकसँगै बाह्य मुख्य तीन कारणले मुलुकको आर्थिक स्थितिमा समस्या आएको बताए । उनले कोभिड–१९ को प्रभाव, बेमौसमी वर्षा र पछिल्लो समय रुस र युक्रेनबीचको बढ्दो द्वन्द्वको प्रभाव नेपालमा समेत पर्दा अर्थतन्त्रमा समस्या आएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो