"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनस र परराष्ट्रमन्त्री शर्माविच भेट

प्रकाशित मिति :  1 January, 2026 8:56 am


काठमाडौँ – परराष्ट्रमन्त्री बालानन्द शर्मा बंगलादेशकी पूर्व प्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियाको अन्त्येष्टिमा सहभागी भएका छन्।

सो क्रममा उनले स्व. जियाका छोरा तथा बंगलादेश नेशनलिस्ट पार्टीका कार्यवाहक अध्यक्ष रिक रहमानसँग भेट गरी नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट समवेदना व्यक्त गरे। उनले बेगम खालिदा जिया बंगलादेशको राजनीतिक तथा लोकतान्त्रिक यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउने एक प्रतिष्ठित राजनेत्री भएको उल्लेख गरे।

हमानले अन्त्येष्टिमा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पण गरेकोमा परराष्ट्र मन्त्रीप्रति धन्यवाद व्यक्त गर्दै नेपाल–बंगलादेशबीचको उत्कृष्ट मैत्री तथा सहकार्य आगामी दिनहरूमा अझ सुदृढ हुँदै जाने आशा व्यक्त गरे। सोही दिन दिउँसो परराष्ट्रमन्त्री शर्माले बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार महामहिम प्राडा मोहम्मद युनुससँग शिष्टाचार भेट गरे।

उक्त अवसरमा उनले प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट खालिदा जियाको निधनप्रति गहिरो दुःख व्यक्त गरिएको सन्देश प्रमुख सल्लाहकारलाई हस्तान्तरण गरे। प्रधानमन्त्रीको सन्देशमा बेगम जियाले आफ्नो तीन कार्यकालका दौरान नेपाल–बंगलादेश सम्बन्ध सुदृढीकरणमा खेलेको महत्वपूर्ण भूमिकाप्रति कृतज्ञताका साथ स्मरण गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशन वैधानिक र विधानसम्मत रहेकोले अदालतमा प्रतिरक्षा गरिने बताएका छन्। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले कोशी र मधेसका केही जिल्लामा भएको घटना छानबिन गर्न

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–१ स्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको

काठमाडौँ- नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली गठन गरेको छ । पार्टी कार्यालय सानेपामा तीन दिनसम्म चलेको पूर्वतयारी र