"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  18 January, 2026 9:39 pm


काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नागार्जुन दानेश्वर आधुनिक बाख्रा र्फाक निर्माण गर्दा सम्झौता बमोजिम नगरेको तथा वोयर जातका बोका, बाख्रा खरिद गरी वितरण गरेको भनी झुट्टा बिल भरपाईका आधारमा भुक्तानी दिइ लिइ भ्रष्टाचार गरेको आरोप लागेको छ । 

उहाँकाअनुसार विष्ट र तत्कालीन लेखापाल घनश्याम जोशीविरुद्ध २३ लाख ७५ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगका अनुसार नगरपालिकाको कार्यपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, तत्कालीन सब–इन्जिनियर मदन विष्ट र तत्कालीन ना।प्रा।स। अम्बिका विष्टविरुद्ध ११ लाख २७ हजार ९१५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

यसैगरी, शैल्यशिखर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय वडा नं. ९ स्थित नागार्जुन दानेश्वर आधुनिक बाख्रा पालन उपभोक्ता समितिका अध्यक्ष रुपेश विष्ट, सचिव रुपेश विष्ट, सचिव प्रकाश विष्ट र कोषाध्यक्ष पुजा विष्टविरुद्ध २३ लाख ७५ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुविरुद्ध सार्वजनिक संस्थाको सम्पत्ति बदनियत गरी हिनामिना, हानि नोक्सानी एवम् दुरुपयोग गरे गराएको आरोपमा बिगो असुल हुन मागदाबी लिइ आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द