"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  18 January, 2026 9:39 pm


काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नागार्जुन दानेश्वर आधुनिक बाख्रा र्फाक निर्माण गर्दा सम्झौता बमोजिम नगरेको तथा वोयर जातका बोका, बाख्रा खरिद गरी वितरण गरेको भनी झुट्टा बिल भरपाईका आधारमा भुक्तानी दिइ लिइ भ्रष्टाचार गरेको आरोप लागेको छ । 

उहाँकाअनुसार विष्ट र तत्कालीन लेखापाल घनश्याम जोशीविरुद्ध २३ लाख ७५ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । आयोगका अनुसार नगरपालिकाको कार्यपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, तत्कालीन सब–इन्जिनियर मदन विष्ट र तत्कालीन ना।प्रा।स। अम्बिका विष्टविरुद्ध ११ लाख २७ हजार ९१५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

यसैगरी, शैल्यशिखर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय वडा नं. ९ स्थित नागार्जुन दानेश्वर आधुनिक बाख्रा पालन उपभोक्ता समितिका अध्यक्ष रुपेश विष्ट, सचिव रुपेश विष्ट, सचिव प्रकाश विष्ट र कोषाध्यक्ष पुजा विष्टविरुद्ध २३ लाख ७५ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम उनीहरुविरुद्ध सार्वजनिक संस्थाको सम्पत्ति बदनियत गरी हिनामिना, हानि नोक्सानी एवम् दुरुपयोग गरे गराएको आरोपमा बिगो असुल हुन मागदाबी लिइ आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार मध्यरातिदेखि निर्वाचन आचारसंहिता, २०८२ लागु हुँदैछ। निर्वाचन आयोगको आइतबार बसेको

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका

काठमाडौं – नक्कली सुकुम्बासीलाई विद्यालयको जग्गा दिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित पाँच जनाविरुद्ध