"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शून्य लागतमा आठ सय श्रमिकलाई मलेसियामा अवसर

प्रकाशित मिति :  23 January, 2026 12:06 pm


काठमाडौँ – शून्य लागतमा वैदेशिक रोजगारीमा गएर मासिक ६० देखि ६५ हजार रुपियाँ कमाइ हुन्छ भन्दा जोकोहीलाई पत्याउन गाह्रोे पर्छ । अधिकांश युवाले खाडी र मलेसियामा मासिक ३०र३५ हजार कमाउन जानका लागि दुईरतीन लाख रुपियाँसम्म तिरेर गइरहेको बेलामा शून्य लागतमा विदेश जान पाइन्छ भन्दा नपत्याउनु स्वाभाविक पनि हो तर मलेसियाको विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडी नामक कम्पनीले नेपालबाट शून्य लागतमा यो वर्ष आठ सय श्रमिक लैजाने गरी माग गरेको छ ।

नेपालमा रहेका आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनल सर्भिसेज प्रालिमार्फत शून्य लागतमा न्यायोचित भर्ती प्रणालीमार्फत छ सय महिला र दुई सय पुरुष गरी आठ सय नेपाली श्रमिक लैजान लागेको हो । सन् २०२२ मा विस्ट्रोन टेक्नोलोजी एसडिएनबिएचडीले शून्य लागत तथा अन्तर्राष्ट्रिय श्रम मापदण्ड अनुसार नैतिक भर्ती प्रणाली अवलम्बन गर्दै नेपाली श्रमिकलाई शून्य लागतमा रोजगारीमा लैजाने प्रतिबद्धता गरेको थियो ।

विस्ट्रोन टेक्नोलोजीले श्रमिक विदेश जाने प्रक्रिया राहदानी बनाउनेदेखि श्रम स्वीकृति लिन आउन जाने टिकट, स्वास्थ्य परीक्षण, बिमा, सामाजिक सुरक्षा एवं कल्याणकारी कोष, पूर्वप्रस्थान अभिमुखीकरण तालिमलगायतको खर्चस्वरूप प्रतिश्रमिक एक लाख २० हजार रुपियाँ पठाउने गरेको आकर्षण इन्टरनेसनलका सञ्चालक विष्णु केसीले जानकारी दिए ।

केसीका अनुसार सो कम्पनीले नेपाली श्रमिकलाई सुरक्षित, मर्यादित र ऋणमुक्त रोजगारी प्रदान गर्ने दीर्घकालीन प्रतिबद्धतासमेत जनाउँदै आएको छ । मलेसियाले देशभित्र देखिएको श्रमिक अभावको परिपूर्ति गर्न दक्षिण एसियाका विभिन्न देशलाई स्रोत मुलुकका रूपमा चयन गरी श्रमिक आपूर्ति गर्दै आइरहेको पनि आकर्षणका सञ्चालक केसीले जानकारी दिए ।

नेपाल सरकार र मलेसिया सरकारबिच सन् २९ अक्टोबर २०१८ मा श्रम सम्झौता भएको थियो । उक्त सम्झौतापछि मलेसियाका उत्पादन, निर्माण, सेवा, कृषि तथा अन्य विभिन्न क्षेत्रमा नेपालबाट श्रमिक वैधानिक र व्यवस्थित रूपमा जाने गरेका छन् । प्रमुख केसीले शून्य लागत प्रणालीमार्फत विदेश गएका नेपाली श्रमिकले आफ्नो आम्दानी ऋण तिर्न खर्चिनु नपरी औपचारिक माध्यमबाट विप्रेषण नेपाल पठाउन सक्षम हुने गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

तनहुँ – स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने बताएकी छन् । आर्थिक समस्याका कारणले स्वास्थ्य बीमा

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग भ्रष्टाचारको मुद्दामा विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। बुधबार

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा