"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गोदावरी नगरपालिकाका इन्जिनियरविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  11 February, 2026 5:37 pm


काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर गरेको छ । 

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गोदावरी नगरपालिका, ललितपुरका इन्जिनियर सुवास विष्टविरुद्ध मंगलबार एक करोड ९७ लाख १० हजार १५७ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर भएको हो । पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा आयोगले विशेष अदालतमा विष्टविरुद्ध मंगलबार भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अनुसन्धानका क्रममा विष्टले आफ्नो वैध आयभन्दा एक करोड रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ। आयोगले निज र उनका परिवारको नाममा रहेको सम्पत्ति जफत गरी कानुनअनुसार सजाय गर्न माग गरेको छ।  



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा