"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौँको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गरिदै

प्रकाशित मिति :  25 May, 2022 8:46 am


काठमाडौँ । काठमाडौँ उपत्यकाको फोहोर धादिङ र नुवाकोटको सिमानामा पर्ने बन्चरेडाँडामा निर्माणाधीन डम्पिङ साडटमा व्यवस्थापनको काम सुरु गरिएको छ । दुई सातादेखि थुप्रिएको फोहोरको ढुवानी तथा व्यवस्थापन मङ्गलबार बिहानदेखि सुरु गरिएको हो । बन्चरेडाँडामा पहिलो पटक फोहोर व्यवस्थापन गर्न पासाङल्हामु राजमार्गमा सुरक्षाकर्मी खटाइएको छ । केही सातादेखि फोहोर उठ्न रोकिएपछि काठमाडौँका सडक, चोक र गल्लीमा फोहोरको डङ्गुर थुप्रिएको छ ।

काठमाडौँ महानगरपालिका वातावरण विभागका प्रमुख सरिता राईले पासाङल्हामु राजमार्गको मुड्खुभञ्ज्याङदेखि तीनपिप्लेसम्म र डम्पिङ साडटमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ गरेर काठमाडौँ उपत्यकामा सङ्कलन गरिएका फोहोर बन्चरेडाँडामा पु-याउन  थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार गृह मन्त्रालय र सहरी विकास मन्त्रालयको समन्वयमा ९० वटा ट्रकले बन्चरेडाँडाको डम्पिङ साइटमा फोहोर विसर्जन गर्न थालेका छन् । सोमबार गृह मन्त्रालयमा बसेको बैठकले बन्चरेडाँडामा फोहोर विसर्जन गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार