"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अनलाइन ठगीबाट सतर्क रहन प्रहरीको आग्रह

प्रकाशित मिति :  20 March, 2026 8:33 am


काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्यूरोले हालै देशभर ह्वास्ट्सएप ह्याक गरेर हुने अनलाइन ठगीका घटना बढ्दै गएको भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

साइबर ब्यूरोका अनुसार ‘म समस्या/अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्’ वा ‘मेरो बैंकिङ एपमा समस्या आएको छ, क्युआर कोडमार्फत पैसा पठाइदिनुहोस्’ भन्ने जस्ता सन्देशहरू प्रयोग गरी ठगी गर्ने घटना पछिल्लो समय बढिरहेका छन्।

यस्ता सन्देशहरू प्रायः ह्याक गरिएका खाताबाट आफन्त, साथीभाइ तथा नजिकका व्यक्तिहरूलाई पठाइने भएकाले बिना पुष्टि कुनै पनि आर्थिक कारोबार नगर्न ब्यूरोले आग्रह गरेको छ।

साइबर ब्यूरोका प्रमुख सुझावहरू

यस्ता सन्देशहरूमा तुरुन्त विश्वास नगर्नुहोस्

सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोन गरी पुष्टि गर्नुहोस्

शंकास्पद लिंक, कोड वा फाइल क्लिक वा डाउनलोड नगर्नुहोस्

Two-Step Verification अनिवार्य रूपमा प्रयोग गर्नुहोस्

OTP वा Verification Code कसैसँग पनि साझा नगर्नुहोस्

मोबाइल तथा एप्स नियमित रूपमा अपडेट राख्नुहोस्

WhatsApp Web प्रयोग गरेपछि अनिवार्य रूपमा Log out गर्नुहोस्



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा