"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  1 April, 2026 10:30 pm


काठमाडौं – मालपोत कार्यालय पर्साका तत्कालीन चार जना मालपोत अधिकृतहरूसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल, सुरेन्द्रप्रसाद राव कुर्मीसहित ८ जनाविरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७०/७१ मा रजिस्ट्रेसन फाँट ‘ग’ बाट उठेको रजिस्ट्रेसन बापतको २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ राजस्व हिनामिना भएको देखिएकोले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अख्तियारले मिश्रलाई ३८ लाख ८० हजार ३६८, बोगटीलाई १ करोड १०  लाख ६० हजार ५२४, अर्याललाई २१  लाख ३८ हजार १६९ र कुर्मीलाई ९९ लाख १० हजार ५२५ रुपैयाँ बिगो रकम दाबी गरेको छ ।

यसैगरी अख्तियारले तत्कालनी नायव सुब्बा स्व. किरणप्रसाद उपाध्यायको हकमा अंशियार छोराहरू राजकिशोरप्रसाद उपाध्याय, गौतमप्रसाद उपाध्याय, पशुपतिप्रसाद उपाध्याय र मुरारीप्रसाद उपाध्यायसँग २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बिगो दाबी गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – चम्पादेवी गाउँपालिका, ओखलढुङ्गाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीसहित दुई जनाविरुद्ध १८ लाख ५० हजार रुपियाँको भ्रष्टाचार

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा भ्रष्टाचार भएको अभियोगमा बझाङको दर्गाथली गाउँपालिकाका निमित्त प्रमुख

काठमाडौं — आगामी आर्थिक वर्षको बजेट १० असारभित्र सार्वजनिक गर्नुपर्ने समयसीमासम्म २७ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । ७५३ स्थानीय

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका