"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वैदेशिक रोजगार विभाग ताहाचलका सुब्बा घुससहित पक्राउ

प्रकाशित मिति :  13 April, 2026 12:24 pm


काठमाडौँ- वैदेशिक रोजगार विभागका सुब्बा घुससहित रङ्गेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान विभागको टोलीले विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङगीलाई घुससहित पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले नायब सुब्बा मस्राङगीलाई १५ हजार घुस रकमसहित नियन्त्रणमा लिएको जानकारी दिए। उनको साथबाट स्रोत नखुलेको ७७ हजार ६ सय रुपैयाँसमेत बरामद भएको न्यौपानेले बताएका छन्।

प्रवक्ता न्यौपानेका अनुसार कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएका नायब सुब्बा मस्राङीको साथबाट तीन थान मोबाइलसमेत बरामद भएको छ।

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्रहीसँग घुस माग गरी हैरानी दिएको भन्ने उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। मस्राङीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा