"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

रास्वपा सचिवालय बैठक : ६ विषयमा छलफल हुदै

प्रकाशित मिति :  19 April, 2026 10:18 am


काठमाडौँ — सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालय बैठक आइतबार दिउँसो बस्दैछ। पार्टी केन्द्रीय कार्यालय चःमतिमा सचिवालय बैठकमा ६ विषयमा छलफल गर्ने गरी कार्यसूची तय गरिएको छ।

आजको बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३ छलफल गरेर टुंग्याउने तयारी रहेको प्रवक्ता मनिष झाले जानकारी दिए। सचिवालय बैठकमा बैंक खाता सञ्चालनबारे पनि छलफल हुनेछ। आजको बैठकले रिक्त रहेका केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघिय नेतृत्व मञ्च र विभागहरूको मनोनयन गर्ने पनि प्रवक्ता झाले बताएका छन्।

आजको बैठकले महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन गर्ने पपनि उनको भनाइ छ। यस्तै बैठकमा विविध विषयमा छलफल हुनेछ। जसअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूलाई संगठनात्मक जिम्मेवारी तोकिनेछ। आजकै बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्नेछ।

बैठकले संसदीय दलको लागि प्राविधिक सहायता एवं लेबी पनि निर्धारण गर्ने झाको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — सर्वोच्च अदालतले गगन थापा पक्षलाई आधिकारिक कांग्रेसको मान्यता दिएको छ । न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले शुक्रबार

काठमाडौँ- सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयन भएका छन्। प्रतिनिधिसभाका एकल १० र संयुक्त (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई

काठमाडौँ- प्रतिनिधसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गराएका छन्। बिहीबार समिति सभापति पदमा उम्मेदवारी दर्ताका लागि

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६