"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नासुले चार करोड २२ लाख घुस लिएको आरोपमा दुई जनामाथि भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  21 April, 2026 6:52 pm


काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पुरातत्व विभागका सिडीई (उपसचिव) पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक (नासु देउकला अधिकारी) विरुद्ध ठेक्कापट्टामा घुस लिएको आरोप लगाएको हो ।

निर्माण सेवा प्रालि नामक कम्पनीले पुरातत्व विभागबाट विभिन्न कामका क्रममा ६४ करोड २१ लाख रुपैयाँको ठेक्का पाएको र ठेक्का बापतको रकम घुसको रूपमा अधिकारीको खातामा राखिदिएको अख्तियारको आरोप छ । ती विभिन्न ठेक्काहरूमा सहजीकरण गरिदिएको र चार करोड २२ लाख रुपैयाँ घुस खातामा भेटिएको अख्तियारको दाबी छ ।

अख्तियारको दाबी अनुसार, उनीहरूले आफ्नो संयुक्त नाममा नुवाकोटमा तीन कित्ता गरी १५ रोपनी जग्गा र काठमाडौंमा साढे तीन आना जग्गा किनेको अख्तियारको आरोप छ । उनीहरूले घुसबापतको रकमबाट करिब सय ग्राम सुन खरिद गरेको, घुसबापत पाएको रकम चेकबाट साटेर नगद लिएको र ऋण स्वरूप लगानी गरेको अख्तियारको आरोप छ । अख्तियारले उनीहरूमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार