"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेपछि आकस्मिक उद्धार

प्रकाशित मिति :  26 April, 2026 12:43 pm


एजेन्सी/ वीवीसी – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सरिक एक कार्यक्रममा गोली चलेको हल्लापछि आकस्मिक उद्धार गरिएको छ। शनिबार साँझ वासिङ्टन हिल्टन होटलको बैंक्वेट हलमा अचानक केही चिज पड्किएको जस्तो ठूलो आवाज आएपछि सुरक्षाकर्मीहरूले राष्ट्रपतिलाई सुरक्षित स्थानतर्फ लगेका हुन्।

घटनाको समयमा खिचिएको फुटेजमा ट्रम्प र अन्य सहभागीहरू टेबलमुनि लुकेको लुकेका थिए। ठूलो आवाज सुनिएलगत्तै सेक्रेट सर्भिस एजेन्टहरूले ट्रम्पलाई घेरेर तत्कालै त्यहाँबाट बाहिर निकालेका थिए। घटनापछि सुरक्षाकर्मीहरूले कार्यक्रम स्थललाई आफ्नो नियन्त्रणमा लिएका छन्।

घटनास्थलमा रहेका एक सुरक्षा अधिकारीका अनुसार त्यहाँ सात देखि आठ गोली चलाइएको थियो। सन्दिग्ध बन्दुकधारी मारिएको हो वा हिरासतमा लिइएको हो भन्ने बारेमा विवादास्पद रिपोर्टहरू आएका छन् । यद्यपि राष्ट्रपति ट्रम्पले केही समय अघि सामाजिक सञ्जालमार्फत बन्दुकधारी पक्राउ परेको उल्लेख गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६

काठमाडौँ – संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘सम्पूर्ण सभ्यता

काठमाडौँ –  अमेरिका-इसराइल र इरानबीच झन्डै एक महिनादेखि जारी युद्ध अन्त्यका लागि पहल भइरहेको छ। फेब्रुअरी २८ मा अमेरिकाले इसराइलसँग