"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बजेट संशोधन ; यस वर्ष ८८.६ प्रतिशत मात्रै खर्च हुने अनुमान

प्रकाशित मिति :  29 May, 2022 5:26 pm


काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष ०७८/७९ का लागि बजेट खर्चको अनुमान संशोधन गरेको छ । बजेटको अर्धवार्षिक समीक्षामार्फत आय–व्ययको आकार घटाएको सरकारले दोस्रो पटक संशोधित अनुमान पेस गरेको हो ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले आइतबार यस आर्थिक वर्षमा लक्षित बजेट खर्च हुन नसक्ने जनाएका हुन् । कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८ दशमलव ६ प्रतिशत बजेट खर्च हुने संशोधित अनुमान शर्माले संसद्मा पेस गरेका छन् ।

कुल सरकारी खर्चमध्ये चालु खर्च ९ खर्ब ७१ अर्ब ८६ करोड अर्थात् ९१ दशमलव २ प्रतिशत, पुँजीगत खर्च ३ खर्ब ९ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७५ अर्ब ५६ अर्थात् ९२ दशमलव ७ प्रतिशत खर्च हुने संशोधित अनुमान गरिएको छ । त्यस्तै राजस्व लक्ष्य पनि घटाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय