"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानन्यायाधीश सिफारिसमा सरकारको नियत देखियो : महासचिव पोखरेल

प्रकाशित मिति :  8 May, 2026 12:17 pm


काठमाडौं – नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश नियत संवैधानिक परिषद्को निर्णयमा प्रकट भएको टिप्पणी गरेका छन् ।

संवैधानिक परिषद्ले वरिष्ठ न्यायाधीशहरूलाई उपेक्षा गर्दै प्रधानन्यायाधीश सिफारिस गरेपछि उनले सरकारको कदमप्रति असहमति जनाएका हुन् ।

‘आह्वान भइसकेको संसद् स्थगन गरेर अध्यादेशमार्फत निर्णय गरिनु केवल प्रक्रियागत विषय होइन, यसको नियतमाथि नै प्रश्न उठेको थियो,’ उनले भनेका छन्, ‘त्यसको स्पष्ट सङ्केत संवैधानिक परिषद्को निर्णयमा देखियो ।’

न्यायालयजस्तो गरिमामय संस्थामा तीन–तीन जना वरिष्ठ न्यायाधीशलाई उपेक्षा गरेर प्रधानन्यायाधीश सिफारिस हुनुलाई उनले असामान्य घटनाका रूपमा लिएका छन् । यस कदमले सरकारले न्यायालयलाई स्वतन्त्र संस्थाभन्दा पनि आफ्नो प्रभावक्षेत्रभित्र राख्न खोजेको सन्देश दिएको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा उनी पार्टीको महिलातर्फको

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा

काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी गरेको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ