"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं महानगरपालिकामा १६ प्रतिशतभन्दा बढी मत बदर

प्रकाशित मिति :  30 May, 2022 1:43 pm


काठमाडौं । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा ३१ हजारभन्दा बढी मत बदर भएको छ । महानगरका तीन लाख दुई सय ४२ मतदातामध्ये ६३.६० प्रतिशत अर्थात् एक लाख ९० हजार नाै सय ५६ मत खसेको थियो । जसमध्ये ३१ हजार ४१ अर्थात् १६.२६ प्रतिशत मत बदर भएको हो । 

महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार सात सय ६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३८ हजार तीन सय ४१ मत प्राप्त गरेकी छिन् । 

एमालेका केशव स्थापित ३८ हजार एक सय १७ मतसहित तेस्रो भए । त्यस्तै, स्वतन्त्रका सुमन सायमीले १३ हजार सात सय ७०, राप्रपाका मदनदास श्रेष्ठले पाँच हजार सात सय ७० र विवकेशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले ६ सय ४७ मत प्राप्त गरिन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोल ६८ हजार ६ सय १२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८६ मत प्राप्त गरे । स्वतन्त्रकी विद्या श्रेष्ठले १३ हजार ६ सय १५, राप्रपाकी विनिता मगैयाले १२ हजार एक सय ४१, स्वतन्त्रकी बेन्जीसिंह महर्जनले ६ हजार पाँच सय ५५, विवेकशील साझाकी कृति कंसाकारले दुई हजार पाँच सय ९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले संसद् अधिवेशन स्थगन गर्न भन्दै राष्ट्रपति कार्यालयमा अर्को सिफारिस गरेको छ । बिहीबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसारको

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौँ – नेपाल सरकार मन्त्रिपरिषद् बैठकले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई प्रयोग गर्न नदिने निर्णय गरेको छ

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष