"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

१०० बुँदे कार्यसूची कार्यान्वयनमा सरकार असफल भएको कांग्रेसको निष्कर्ष

प्रकाशित मिति :  4 July, 2026 4:18 pm


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी सयबुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ।

कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बेको अध्यक्षतामा शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले यस्तो निष्कर्ष निकालेको हो। आफैँले गरेको प्रतिबद्धता पूरा गर्न सरकार असफल भएको कांग्रेसको ठहर छ। अब यो विषयलाई संसदमा सशक्त ढंगबाट उठाउने निर्णय संसदीय दलको बैठकले गरेको छ।

विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले सय दिन सरकार सञ्चालन गर्ने अवसर पाएर देशले ‘काँचुली फेर्ने’ दाबी गरे पनि अहिले उनकै दलका वरिष्ठ नेता शाह प्रधानमन्त्री रहेको सरकारले सार्वजनिक गरेको सयबुँदे शासकीय सुधार कार्यसूची प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न नसकेको कांग्रेसको आरोप छ। कांग्रेस संसदीय दलको बैठकले यो विषयलाई संसद्मा प्रमुख एजेन्डा बनाउने निर्णय गरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रमुख विपक्षी नेता तथा संवैधानिक परिषदका सदस्य भीष्मराज आङ्देम्बेले निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्त सिफारिस प्रक्रियामा प्रधानमन्त्री तथा

काठमाडौं — प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । विधेयकमाथिको

काठमाडौं – सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल

काठमाडौं – सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न