"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेले संसदमा संकल्प प्रस्ताव पेस, पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छलफल

प्रकाशित मिति :  3 June, 2022 11:39 am


काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनजीवन प्रभावित भएको भन्दै दर्ता गरिएको संकल्प प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस भएको छ ।प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक विशाल भट्टराईले पेस गर्ने सो संकल्प प्रस्तावलाई एमाले सांसद यज्ञराज सुनुवार, गणेशकुमार पहाडीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गरेका छन् ।

शुक्रबारको सम्भावित कार्यसूचीमा उल्लेख भएको संकल्प प्रस्तावमा प्रतिपक्षी दलले विरोध गर्दा पनि मूल्यवृद्धि नियन्त्रणतर्फ सरकारले ध्यान नदिएको आरोप लगाइएको छ ।

‘पेट्रोलिय पदार्थको मूल्य समायोजन कसरी गर्न सकिन्छ रु भनेर प्रतिपक्ष दल एवं सबन्धित क्षेत्रका विज्ञसँग छलफल नगरी निजीकरणको कुरा उठाउनु असान्दर्भिक, गैरजिम्मेवार र बेमौसमी छ,’ संकल्प प्रस्तावमा भनिएको छ, ‘जनताको आधारभूत आवाश्यकता परिपूर्ति गर्ने कल्याणकारी राज्यको प्राथमिकता र सर्वाधिक महत्वपूर्ण दायित्वको सुनिश्चित गर्न तत्काल पेट्रोलिय पदार्थको मूल्य घटाउन स्पस्ट खाका पेस गर्न सरकारलाई झकझक्याउन संसदले पहल गर्न आवश्यक भएको’ भन्दै उक्त संकल्प प्रस्ताव पेस गर्न लागिएको हो ।

सो प्रस्तावसहित आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्यय अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री जनार्दन शर्माले दिने कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्