"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नापीका सर्वेक्षक र अमिनविरुद्ध भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति :  7 June, 2022 10:46 am


काठमाडौं । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । नापी कार्यालय, चावहिल, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद केसी र अमिन प्रकाश राज भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपियाँ घुस माग गरेको अभियोगमा आयोगले उहाँहरुमाथि आरोपपत्र दायर गरेको हो । 

नापी कार्यालयमा प्राप्त सूचना र उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटेको टोलीले उहाँहरुलाई सेवाग्राहीबाट घुस लिसकेको अवस्थामा गत चैत २२ गते नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा ती दुबैको मिलेमतोमा जग्गा हालसाविक गर्ने कार्यका लागि सेवाग्राहीसँग घुस माग गरेको पुष्टि भएपछि उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकाले दुबै जनामाथि बिगो एक लाख रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९ग० बमोजिम जरिवाना तथा कैद सजायको माग गरी आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौं – आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी