"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नापीका सर्वेक्षक र अमिनविरुद्ध भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति :  7 June, 2022 10:46 am


काठमाडौं । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । नापी कार्यालय, चावहिल, बुढानिलकण्ठमा कार्यरत सर्भेक्षक बिनोद केसी र अमिन प्रकाश राज भट्टले जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपियाँ घुस माग गरेको अभियोगमा आयोगले उहाँहरुमाथि आरोपपत्र दायर गरेको हो । 

नापी कार्यालयमा प्राप्त सूचना र उजुरी निवेदनका आधारमा आयोगको टंगालबाट खटेको टोलीले उहाँहरुलाई सेवाग्राहीबाट घुस लिसकेको अवस्थामा गत चैत २२ गते नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानको सिलसिलामा ती दुबैको मिलेमतोमा जग्गा हालसाविक गर्ने कार्यका लागि सेवाग्राहीसँग घुस माग गरेको पुष्टि भएपछि उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएकाले दुबै जनामाथि बिगो एक लाख रुपियाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को देहाय ९ग० बमोजिम जरिवाना तथा कैद सजायको माग गरी आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले