"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्रीलाई संसदीय समितिले बोलायो

प्रकाशित मिति :  14 June, 2022 11:26 am


काठमाडौँ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री देउवालाई भ्रमणबारे जानकारी लिन ५ असारमा समितिमा बोलाउने निर्णय भएको समितिका सभापति पवित्रा निरौला खरेलले बताइन् ।

त्यस्तै, बैठकले नेपालको परराष्ट्र नीतिबारे छलफलका लागि ३ असारमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई पनि बोलाउने निर्णय गरेको छ । समितिको सोमबारको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेता भीम रावललगायतका सांसदले प्रधानमन्त्रीको आसन्न भ्रमणले नेपालको परराष्ट्र नीतिमाथि नै आशंका गर्नुपर्ने अवस्था उत्पन्न भएको भन्दै प्रधानमन्त्रीले उपस्थित भएर प्रस्ट्याउनुपर्ने माग गरेका थिए । आइतबार संसद्मा बोल्दै एमाले सांसदहरूले यसबारे सरकारको धारणा दिन प्रधानमन्त्रीसँग माग गरेका थिए । 

प्रधानमन्त्री देउवा असार अन्तिम साता अमेरिका भ्रमणमा जाँदै छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको एक कार्यक्रममा निम्ता पाएका उनको भ्रमणलाई औपचारिकता दिन कूटनीतिक तवरमा प्रयास भइरहेको छ । प्रधानमन्त्री देउवाभन्दा अघि १३ असारमा प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका जाँदै छन् । उनले अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूसँग पनि भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री देउवाको भ्रमण परराष्ट्र मन्त्रालयले अझै सार्वजनिक गरिसकेको छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी