"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राजश्व दर परिवर्तनमा गल्ती भए पूर्ण जिम्मेवारी लिन तयार छु : अर्थमन्त्री

प्रकाशित मिति :  16 June, 2022 4:09 pm


काठमाडौँ ।  अर्थमन्त्री जनार्दन शर्माले कर, राजश्व र भन्सार दर परिवर्तन प्रक्रियाअनुसार नै गरिएको बताएका छन् । उनले सचिवहरू र विभागीय प्रमुखको समितिले नै राजश्वका दर तय गरिएका बताए । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले अर्थमन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले उक्त जवाफ दिएका हुन् ।

‘राजश्वको दरहरू परिवर्तन गर्ने सन्दर्भमा आवश्यक प्रक्रिया छन् । प्रक्रियाका कुरा अस्ति पनि बताएको थिए । त्यसमा सम्बन्धित विभागीय प्रमुख र सचिवसहितको समितिले बसेर गर्ने प्रचलन रहेको छ । त्योअनुसार भएका दररेटप्रति म पूर्ण जिम्मेवार छु । जवाफदेही छु । त्यसमा कतै राष्ट्रघात भएको छ, कतै गद्दारी भएको छ भने त्यसको पूर्ण जिम्मेवारी लिन तयार छु,’ उनले थपे, ‘यहाँनेर कुनै राष्ट्रघात भएको छैन । देशको डलरको सञ्चितिलाई आयातलाई ध्यान दिएर हामीले उत्पादनलाई ध्यान दिएर औद्योगिक क्षेत्रलाई ध्यान दिएर नै दरहरू परिवर्तन भएको स्पष्ट गर्न चाहन्छु ।’

अर्थमन्त्री जवाफ दिन रोष्ट्रममा पुगेपछि प्रमुख प्रतिपक्षी एमालेले अवरोध गरिरहेको छ । एमालेले सदन बहिष्कार गर्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय