"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सेयर बजार निरन्तर ओरालोतिर, आज ३७.२७ अंकले घट्यो

प्रकाशित मिति :  19 June, 2022 5:03 pm


काठमाडौं । साताका पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ३७.२७ अंकले घटेको छ । आइतबार १.८९ प्रतिशतले घटेको सेयर बजार १९३४.११ बिन्दुमा आएर रोकिएको छ ।

आइतबार २२३ कम्पनीको २७ हजार ६ वटा कारोबारबाट ३६ लाख ६६ हजार ८९१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब १३ करोड ४० लाख ९१ हजार २२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ६५६.३० रुपैयाँ कायम भएको छ । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ४.०५ प्रतिशले बढ्यो ।

सबैभन्दा बढी गुमाउनेमा रिभर फल्स पावर लिमिटेड रहेको छ । रिभर फल्सको मूल्य ९.५६ प्रतिशतले घटेर २४९.९० पैसा कायम भएको छ । रिभर फल्सपछि बढी गुमाउनेमा बलेफी हाइड्रपावर र मितेरी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक