"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वोच्चको अन्तिरम आदेश : अब जग्गा धितो राखेर ऋण पाउने

प्रकाशित मिति :  21 June, 2022 6:02 pm


काठमाडौं । हाललाई जग्गा वर्गिकरण नभएपनि जग्गा धितो राखि ऋण प्रवाह लिन पाउने भएका छन्। सर्वोच्च अदालतको अन्तिरम आदेश बमोजिम हाललाई वर्गिकरण नभएपनि जग्गा धितो राखि ऋण गर्ने, धितो बन्धक पास गर्न सक्ने भएका छन्।

जग्गा राखेर ऋण दिन प्रवाह गर्न भूमि व्यवस्था तथा अभिलेख विभाग र सबै मालपोतलाई निर्देशन जारीगरि सकेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले जानकारी दिए।

सबै मालपोत कार्यालयले यसै निर्देशनको आधारमा काम सूचारु गरिसकेको उनले जानकारी दिए। मन्त्रालयले भू-उपयोग ऐन र नियमावली बमोजिम  वर्गिकरण नगरी जग्गा धितो राखेर ऋण प्रवाह नगर्न नगराउन गरेको परिपत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो।

सर्वोच्चले हाल जग्गा वर्गिकरण भइनसकेकोले मन्त्रालयको निर्णय तत्काल कार्यान्वनय नगर्नु नगराउन भनि अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको यही आदेश बमोजिम मन्त्रालयले जग्गा बन्धकी राखि ऋण प्रवाह नरोकिने भएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा