"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सर्वोच्चको अन्तिरम आदेश : अब जग्गा धितो राखेर ऋण पाउने

प्रकाशित मिति :  21 June, 2022 6:02 pm


काठमाडौं । हाललाई जग्गा वर्गिकरण नभएपनि जग्गा धितो राखि ऋण प्रवाह लिन पाउने भएका छन्। सर्वोच्च अदालतको अन्तिरम आदेश बमोजिम हाललाई वर्गिकरण नभएपनि जग्गा धितो राखि ऋण गर्ने, धितो बन्धक पास गर्न सक्ने भएका छन्।

जग्गा राखेर ऋण दिन प्रवाह गर्न भूमि व्यवस्था तथा अभिलेख विभाग र सबै मालपोतलाई निर्देशन जारीगरि सकेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता एवं सहसचिव जनकराज जोशीले जानकारी दिए।

सबै मालपोत कार्यालयले यसै निर्देशनको आधारमा काम सूचारु गरिसकेको उनले जानकारी दिए। मन्त्रालयले भू-उपयोग ऐन र नियमावली बमोजिम  वर्गिकरण नगरी जग्गा धितो राखेर ऋण प्रवाह नगर्न नगराउन गरेको परिपत्रविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो।

सर्वोच्चले हाल जग्गा वर्गिकरण भइनसकेकोले मन्त्रालयको निर्णय तत्काल कार्यान्वनय नगर्नु नगराउन भनि अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको यही आदेश बमोजिम मन्त्रालयले जग्गा बन्धकी राखि ऋण प्रवाह नरोकिने भएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय