"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पूर्वप्रशासकीय अधिकृतविरुद्ध २ करोडको भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  24 June, 2022 4:02 pm


काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित दुई वटा सप्लायर्सविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंविरुद्ध २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

सेढाइले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएको राजस्व रकम १ करोड २० लाख २८ हजार ९० रुपैयाँ र पसाहा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएको राजस्व रकम ९९ लाख ९९ हजार ९९९ रुपैयाँ गरी  २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

यस्तै अख्तिायर  न्यू पाथिभरा सप्लायर्स, हेटौंडा-४, मकवानपुरकी प्रोपाइटर मीनाकुमारी श्रेष्ठविरुद्ध १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्‍दै शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

त्यस्तै अख्तियारले ओम सप्लायर्सले ठेक्का सम्झौता अनुरुपको कार्य नगरी गैरकानूनी रुपमा उत्खनन् गरी विक्रीवापतको रकम नुबझाएको भन्‍दै सप्लायर्सका प्रोपाइटर ओम शंकर प्रसादविरुद्ध १ करोड ३८ लाख ९९ हजार ९९८ रुपैयाँ मुद्दा दायर गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ-  सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको

काठमाडौँ — प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाआराधना गरी आज

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै

काठमाडौँ- यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ। भक्तजनलाई स्नान गर्न र