"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुशासन र भ्रष्टाचार नियन्त्रण बाहेक कुनै अरु स्वार्थ छैन : सभामुख सापकोटा

प्रकाशित मिति :  26 June, 2022 11:05 am


काठमाडौं । सभामुख अग्नि सापकोटाले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै स्वार्थ नभएको बताएका छन् । आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको पनि उनले बताए ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सापकोटाले भने, ‘संसदको सन्दर्भमा सबैभन्दा बढी सभामुखले आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि आफूलाई सधैंभरी अग्रसर बनाइराख्नु पर्छ, निरन्तर निरन्तर बनाइराख्नुपर्छ, सांसदहरु, सचिवालयका कर्मचारीहरु सबैले ।’

उनले अगाडि भने, ‘हामी भन्छौं लोकतन्त्र भनेको जीवनधारा हो, लोकतन्त्रको आत्मा भनेको संसद हो । तीन करोड नेपाली जनताहरुको आवाज प्रष्फुटन हुने कुनै फोरम छ भने त्यो संघीय संसद नै हो । त्यो संसदलाई कति हामी जीवन्त र जनमुखी बनाउन सक्छौं, अहिले हामीले त्यलाई एउटा सूत्रवाक्य बनाएका छौं । हामी निरन्तर, पूरै निष्ठाका साथ, पूरै इमानका साथ हामी लागेका छौं ।’

जनताका कुरालाई आत्मसाथ गर्न सकिए सफलता त्यही हुने बताउँदै उनले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक अरु स्वार्थ नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्