"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सुशासन र भ्रष्टाचार नियन्त्रण बाहेक कुनै अरु स्वार्थ छैन : सभामुख सापकोटा

प्रकाशित मिति :  26 June, 2022 11:05 am


काठमाडौं । सभामुख अग्नि सापकोटाले सुशासन कायम र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक कुनै स्वार्थ नभएको बताएका छन् । आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि अग्रसर भएको पनि उनले बताए ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा सापकोटाले भने, ‘संसदको सन्दर्भमा सबैभन्दा बढी सभामुखले आफ्नो आनिबानी, आचरण, देशभक्ति, सदाचारको एउटा नमूना दिनका लागि आफूलाई सधैंभरी अग्रसर बनाइराख्नु पर्छ, निरन्तर निरन्तर बनाइराख्नुपर्छ, सांसदहरु, सचिवालयका कर्मचारीहरु सबैले ।’

उनले अगाडि भने, ‘हामी भन्छौं लोकतन्त्र भनेको जीवनधारा हो, लोकतन्त्रको आत्मा भनेको संसद हो । तीन करोड नेपाली जनताहरुको आवाज प्रष्फुटन हुने कुनै फोरम छ भने त्यो संघीय संसद नै हो । त्यो संसदलाई कति हामी जीवन्त र जनमुखी बनाउन सक्छौं, अहिले हामीले त्यलाई एउटा सूत्रवाक्य बनाएका छौं । हामी निरन्तर, पूरै निष्ठाका साथ, पूरै इमानका साथ हामी लागेका छौं ।’

जनताका कुरालाई आत्मसाथ गर्न सकिए सफलता त्यही हुने बताउँदै उनले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने बाहेक अरु स्वार्थ नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी